नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को गीत सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको निजी सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको यो चलचित्रको गीतको भिडियोमा प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा देखाइएको छ ।
लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ । देवचुली नगरपालिका –१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन् ।
दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा उत्कृष्ट फिचर चलचित्रको अवार्ड ‘झिँगेदाउ’ ले जितेको छ । काभ्रेको भकुण्डेबेँसीमा शनिबार आयोजित समारोहमा गत वर्षको हिट चलचित्रलाई उक्त अवार्ड प्रदान गरियो । महोत्सवमा उत्कृष्ट फिचर चलचित्र पटकथाको अवार्ड ‘प्रकाश’ बाट विकास सुवेदीले प्राप्त गरे ।
मन्डला ब्याडमिन्टन क्लबले आयोजना गरेको काठमाडौँ जिल्लाका तीन वटा नगरपालिका सम्मिलित त्रिनगरस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मङ्गलबारदेखि सुरु भएको प्रतियोगितामा चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकालीका ७८ खेलाडी सहभागी थिए । तीन वटा समूहमा विभाजन गरिएको खेलमा समूह ‘ए’ अन्तर्गत दिपेशमुनि वज्राचार्य र अमित महर्जनको जोडी, समूह ‘बी’ अन्तर्गत रमेश महर्जन र आयुस श्रेष्ठको जोडी र समूह ‘सी’ अन्तर्गत रामचन्द्र मल्ल विजयी हुनुभएको क्लबका संरक्षक देवेन्द्र प्रधानले जानकारी दिनुभयो । विजेता खेलाडीलाई एक समापन समारोहबिच नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
‘स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य विज्ञान र नवप्रवर्तन’ मूल नाराका साथ नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन हुने भएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फिड द फ्युचर फुड सिस्टम फर न्युट्रेसन इनोभेसन ल्याब एट टफ्ट युनिभर्सिटीको संयुक्त आयोजनामा सोमबारदेखि सुरु हुने सो सम्मेलन मङ्गलबारसम्म चल्ने छ ।
दूरसञ्चार सेवाप्रदायक एनसेल आजियटा लिमिटेडले आफ्नो स्वामित्व खरिद बिक्रीमा नेपालमा भएको लाभकर निर्धारणमा विमति जनाउँदै विश्व बैङ्क अन्तर्गतको अन्तर्राष्ट्रिय लगानी विवाद हेर्ने ‘इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट्स (आइसिएसआइडी)’ मा दायर गरेको मुद्दाको फैसला नेपालको पक्षमा आएको छ । युरोपेली दूरसञ्चार सेवाप्रदायक टेलियासोनेराले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियाको आजियटा समूहलाई बिक्री गर्दा भएको लाभमध्ये ६० अर्ब
भूगोल र प्राकृतिक स्रोतका आधारमा अर्थतन्त्रका अवसर र सम्भावना देखिएका हुन्छन् । प्राकृतिक स्रोत र साधनको उपयोग गरी आर्थिक लाभ लिनु राज्यको प्रमुख कर्तव्य हो । प्राकृतिक स्रोतको उपयोग गर्न अन्य देशको साझेदारी र सहभागिताको आवश्यकता पर्न सक्छ । आर्थिक विकासका लागि स्रोतसाधनको उपयोग गरी लाभ लिन मित्र देशको साझेदारी र असल सम्बन्ध अपरिहार्य हुन्छ । विश्वव्यापीकरणले पनि साझेदारी र लाभ प्राप्त गर्न सहज बनाएको छ । अर्थतन्त्रको लाभ प्राप्त गर्न विश्वमञ्च
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली पत्रकारिताका धरोहर गोविन्दप्रसाद प्रधानको ८६ वर्षको उमेरमा हालै निधन भयो । प्रधान नेपाली पत्रकारिताका हस्ती मानिनुहुन्थ्यो । आमपत्रकारका प्रिय अभिभावक बन्न सफल प्रधान जीवनको झन्डै ५० वसन्त नेपाली पत्रकारितामा क्रियाशील रहनुभयो । पत्रकारिता पेसालाई शालीनताको पर्याय बनाउनुपर्छ भन्ने मान्यता राख्ने प्रधानले सरकारी र निजी दुवै क्षेत्रमा रहेर पत्रकारिता र व्यवस्थापकीय जिम्मेवारी पनि सम्हाल्नुभयो ।
अत्यधिक गर्मीका कारण विद्यार्थी प्रभावित हुन थालेपछि पाल्पाको रामपुरमा पाँच दिन विद्यालय बन्द गरिएको छ । जेठ २९ गतेदेखि असार १ गतेसम्म पाँच दिन विद्यालय बन्द गर्ने निर्णय भएको रामपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
नेपाल प्रतिभै प्रतिभाको जन्मथलो हो । हाम्रा पुर्खा कलाकौशलले निपुण भएका हाम्रा इतिहासले बोलिरहेका छन् । आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा नेपाल कोहीभन्दा कम थिएन । समयक्रमसँगै प्रविधिले हामी पछि पर्दै गयौँ । आज हाम्रा सिप, श्रम अनि सोच केही स्वदेशमै सड्दै छन् त केही विदेशी भूमिमा पोखिँदै छन् । गौतम बुद्ध, अरनिको, भीमसेन थापा, शङ्खधर साख्वा, पृथ्वीनारायण, भानुभक्त, पासाङ ल्हामु आदि प्रतिभाले आफ्नो भूमिलाई सिँगारेका छन् । गेहेन्द्रश
कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थप माग आएका दुर्गम जिल्लाबाट २७ हजार क्विन्टल चामल ढुवानी गर्न लागेको हो । चालु आर्थिक वर्षका लागि स्वीकृत कोटाले अपुग भएपछि १२ जिल्लाबाट थप माग आएकामा कम्पनीले २६ हजार ९७० क्विन्टल चामल पठाउन लागेको हो । खाद्यान्न अभाव भएपछि ती जिल्लाबाट चामलको माग आएको हो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले १२ जिल्लाबाट ४३ हजार १७० क्विन्टल चामलको माग आएकामा २६ हजार क्विन्टल चामल पठाउन लागिएको जानकारी दिनुभयो ।
अत्यधिक गर्मीले सुक्खा भएपछि चितवन राष्ट्रिय निकुञ्जका ताल र पोखरी सुक्न थालेका छन्। लामो समयदेखि पानी नपरेको तथा सुक्खा र तातो हावा चल्न थालेकाले निकुञ्जका ताल र पोखरी सुक्न थालेका हुन्। निकुञ्जभित्रका पानीका स्रोत सुकेपछि पानीको खोजीमा जनावर अन्यत्र जान थालेका छन्। ताल सुक्न थालेपछि गैँडा, हरिण, मृग, जरायो, बँदेललगायतका जनावर पानीको स्रोत खोज्दै हिँडेको निकुञ्ज कार्यालयले जनाएको छ।
नेपाललाई अन्तर्राष्ट्रिय राजमार्गमा जोड्ने गरी सडक स्तरोन्नति सुरु भएको छ। पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि (एक्सेस) अन्तर्गत पूर्व पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडकको ६९ किलोमिटर दुई लेन खण्डलाई जलवायु उत्थानशील चार लेनको राजमार्गमा स्तरोन्नति गरिन लागेको हो। विश्व बैङ्कको करिब ३५ अर्ब रुपियाँ (२७ करोड ५० लाख डलर) बराबरको सहयोगमा आयोजनाको सुरुवात भएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरले आइतबार एक कार्यव्रmममा आयोजनाको सुरुवात गर्नुभयो।