शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ २८ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ।
स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आइतबार दिउँसो दिल्ली प्रस्थान गर्नुभएको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो।
उहाँका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली जानुभएको हो। उहाँ उपचार सकेर एक सातापछि स्वदेश फर्कनुहुनेछ। रासस