अस्ताना, जेठ २८ गते । पूर्वी कजाकिस्तानको अवाइ क्षेत्रमा बिहीबारदेखि जङ्गलमा लागेको डढेलोमा परी तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।
आगो निभाउने, खोजी र उद्धार कार्यमा आठ सयभन्दा बढी मानिस परिचालित भएका छन् । जोखिममा रहेका करिब सात सय बासिन्दालाई विस्थापित गरी आश्रयस्थलहरू पुनः स्थापना गरिएको छ ।
उच्च तापक्रम, तीव्र हावाको हावाहुरीका बाबजुद पनि भयावह स्थिति नियन्त्रणमा ल्याइएको कजाखको आपत्कालीन अवस्था मन्त्रालयको अग्नि सेवा समितिका अध्यक्ष नुरबोलाट डर्बिसोभले बताउनुभएको छ । रासस/सिन्ह्वा