• ८ मंसिर २०८१, शनिबार

नारी (कविता)

blog

सक्षम छन् नारी, मौका मिले बराबरी

नारीको सम्मान गरी, हुँदैन कसैको अपमान ।


बढ्दै छन् नारी, शिखर चढ्न अघि सरी 

नारी हुन् सौन्दर्य, सहनशीला धैर्यको पुजारी । 


घर–घरको मान, इज्जत प्रतिष्ठा बढ्छ

जब गर्छन् नारीले  खबरदारी र होसियारी ।


समृद्ध, सिर्जनशील समाजको कल्पना

पूरा हुँदैन बोकी अधुरो सपना  ।


महिला–पुरुष हुन्, जीवनरथका दुई पाङ्ग्रा

घरपरिवार समाज र देशका लागि खियाउँछन् नङ्ग्रा ।  

Author

नारायणकुमार आचार्य