कहिले पानी त कहिले खडेरी अनि किसानले भनेको समयमा धान रोप्न नपाउँदा यो वर्ष पनि राम्रोसँग धानको उत्पादन हुुन सक्दैन कि भन्ने चिन्ताले किसान चिन्तित बनेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
ओखलढुङ्गा सदरमुकाम बजारनजिकै खुल्ला व्यायामशाला निर्माण गरिएको छ । सिद्धिचरण नगरपालिका –१२ मा रहेको सिद्धिचरण र श्रष्टापार्क नजिकै सरस्वती डाँडामा सो व्यायमशाला स्थापना गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्दिर सिहंले समुदाय मिलेर आठ दिनमा खानेपानी पाईपलाईन खन्ने र धारा निर्माण गरेर पानी खसाल्न सफल भएको बताउनुभयो ।
सप्तरीको तिलाठी कोइलाडी –७ स्थित राजविराज हनुमाननगर सडकको मंसापुर खण्डमा सडकको नाला निर्माणमा ढिलाइ भएको छ । नाला निर्माणमा ढिलाइ हुँदा स्थानीयहरु गुनासो गरेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र दक्षिण कोरियाका परराष्ट्रमन्त्री पार्क जिनका दूत ली हुन वुकबीच भेटवार्ता भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजिक न्यायसहितको सुशासन कायम गर्दा आइपर्ने जस्तो सुकै चुनौतिको सामना गर्न आफू तयार रहेको बताउनुभएको छ ।
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोज आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठक शुक्रबार (तेस्रो) दिन पनि अवरुद्ध भएको छ । शुक्रबार पनि बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रिय सभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो ।
बर्दिबास क्षेत्रबाट प्रहरीले पिकअप भ्यानसहित अवैध काठ बरामद गरेको छ । प्रहरीले बा १८ च १३७१ नम्बरको पिकअपबाट सालको करिव ७७ क्यूफिट बराबरको १९३ थान चिरान काठ नियंत्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा भारतीय सीमावर्ती बजार चन्दन चौकीका ४२ वर्षीय शिव गुप्ता छन् ।
रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ ।
नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीको पूर्ण बैठकले पार्टीका गतिविधिविरुद्ध लागेको भन्दै चार जना पार्टी सदस्यलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई नेपाल शेर्पा सङ्घ जिल्ला समितिले राहत वितरण गरेको छ ।
अभिनेता सारुक ताम्राकारको निधन भएको छ ।