कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले जिटुजी (सरकारदेखि सरकार) प्रक्रियाबाट मल खरिद गर्नका लागि रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्नुपर्ने बताउनुभएको छ । जिटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जिटुजीका लागि बजेटको अग्रिम सुनिश्चितता हुनुपर्ने बताउँदै उहाँले त्यसका लागि ऐन तथा नियमावली संशोधन गर्नुपर्ने कुरामा जोडदिनुभयो । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले रासायनिक मल खरिद प्रक्रियाको टेन्डर ४५ दिन रहेकामा अब १५ दिन राख्ने गरी कृषि मन्त्रालयले प्रस्ताव अघि बढाएको जानकारी पनि गराउनुभयो ।
बाह्य क्षेत्र सन्तुलनमा ल्याउत तरलता सङ्कुचन हुने गरी परिवर्तन गरिएका दर घटाउनु उपयुक्त हुने निजी क्षेत्रले सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागि सुझाव दिन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले राजधानीमा बिहीबार संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा अनिवार्य नगद अनुपात, बैङ्क दर र नीतिगत दर बजारको आवश्यकता अनुसार घटाउनु उपयुक्त हुने सुझाव दिइएको हो ।
अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने जस्तो गम्भीर कार्यलाई फौजदारी कसुर कायम गरी त्यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई सजाय दिन सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको छ। यसबाट पीडामा रहेका लाखौँ ऋणी झन् आहत हुने भएका छन्। प्रतिस्थापन विधेयक पारित गर्न सरकारले संसद्मा पेस गरेको अवस्थामा प्रतिपक्षीको अवरोधका कारण मिटरब्याज पीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश नि
दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभयो । उहाँले युनाइटेड अरब इमिरेटस् (युएई) कुवेत र मलेसियामा काम गर्नुभयो ।
सोक्रेटसको कथन छ, “सजिलोसँग आर्जन गर्न नसकिने सम्पत्ति भनेको विचार र विवेक हो।” अतीतबाट सिकेर पुर्खाले गरेका भुल दोहोरिन नदिने र विवेकशील बनेर अघि बढ्नेहरू सफल हुन्छन्, यसका लागि सदविचार तथा विवेकको बाटो मात्रै सफलतामा पुग्ने उपाय बन्न सक्छ। सबैतिरबाट आएका असल विचार मन्थन हुने ठाउँ नै संसद् हो भनिएको छ, ऋग्वेदमा। सन् ९३० मा पार्लियामेन्ट सुरु भएको कुरा युरोपको इतिहासमा पाइन्छ। पूर्वीय गोलार्धमा पाँच हजार वर्ष पहिले नै सभ्य र
वर्षौँदेखि ज्यान जोखिममा राखेर स्थानीय सरस्वती खोलाको बाढी तर्दै आएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं ८ उत्तराई टोलका बासिन्दालाई अव भने वडा कार्यालय र नगरपालिकासम्म सरकारी सेवा लिन जान सहज भएको छ ।
दस वर्ष नेपालमा जनयुद्ध कुशलतापूर्वक सञ्चालन गरेर शान्ति प्रक्रियामार्फत देशको कायापलट गर्ने सोच र योजनाबमोजिम पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभयो। मुलुकको राज्यसत्ता पुरानै ढाँचामा थियो। सुरुमा माओवादी संसदीय व्यवस्थामा खेल्न पोख्त पनि थिएनन्। त्यस कारण कैयौँ वर्षसम्म संसदीय व्यवस्था बुझ्न नै उनीहरूको समय बित्यो। पुरानो संसदीय व्यवस्थाको राज्य संरचना, सामन्ती, पछौटे र गैरप्रगतिशील थियो। त्यसका अदालत, जेल, कर्मचारीतन्त्र, नियम–कानुन, अर्थतन्त्र, संस्कृति तथा सञ्चार अङ्ग पनि पुरानै सामन्ती, पछौटे, प्रतिक्रियावादी र गैरप्रगतिशील भएकै कारण सत्तामा बसेर पनि माओवादीले तात्त्विक फरक दिन सकेन ।
नेपालको राष्ट्रिय योजना आयोग विकास परिषद्को निर्देशनमा देशको विकास योजना र नीति तर्जुमा गर्ने सल्लाहकार निकाय हो। यो विकासका लागि राष्ट्रिय दृष्टि, आवधिक योजना र नीति तर्जुमा गर्ने नेपाल सरकारको सर्वोच्च सल्लाहकार निकाय हो। यसको नेतृत्व सम्माननीय प्रधानमन्त्रीले गर्नुभएको छ। राष्ट्रिय योजना नियन्त्रित अर्थ व्यवस्था हुँदा स्थापना गरिएकोमा यसले स्रोत आवश्यकता मूल्याङ्कन गर्दछ, कोषको स्रोत पहिचान गर्छ। सामाजिक–आर्थिक विकासका लागि बजेट विनियोजन गर्छ।
दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभयो । उहाँले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गर्नुभयो । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाउनु भएको छ । सुरुआतमा १७ स्थानीय र चार अस्ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गर्नुभएका उहाँले अहिले एक सय २० बाख्रा पाल्नुभएको छ ।
दोलखाको बिगु गाउँपालिकास्थित बाह्र सय पल्टन डाँडा (तामाङ भाषामा थोबा भनिने) महत्वपूर्ण स्थल ओझेलमा परेको छ । पल्टन डाँडाको प्रचारप्रसारमा सरकारको ध्यान जान नसक्दा ओझेलमा परेको स्थानीय बताउँछन् । वडा नम्बर ३ र ४ को नजिक परे पनि गाउँपालिकाका आठै वटा वडाको शिरमा यो स्थान पर्छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुलुक सङ्घीय संरचनामा गइसकेपछि आर्थिक सामाजिक विकासका लागि प्रदेशबाहेकको विकल्प नभएको बताउनुभएको छ । मन्त्री परिवर्तन भएपछि योजना र कार्यक्रम पनि फेर्ने प्रवृत्तिले दिगो विकास नहुने र उत्पादन बढाउने कार्यक्रम आवश्यक भएको धारणा व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर जानेतर्फ अगाडि बढेको बताउनुभयो । विनियोजन विधेयक, २०८० को छलफलका क्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहितका निकायमाथि प्रदेश सभा सदस्यले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रदेश सभा बैठकमा बिहीबार उहाँले प्रदेश सभालाई संरचनागत रूपमा सुदृढ गर्नुपर्ने, लोक सेवा आयोगको भवन बनाउनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले प्रदेश नीति तथा योजना आयोग व्यवस्थित रूपमा अगाडि बढिरहेको दाबी गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोटेकोशी गाउँपालिकाको नयाँ निर्मित प्रशासनिक भवन उद्घाटन गर्नुभएको छ । नवनिर्मित भवन बिहीबार उद्घाटन गर्दै मन्त्री बस्नेतले जनप्रतिनिधिले सबै जनताको अभिभावक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले जनताका आवश्यकताका विषयमा पारदर्शी रूपमा गुणस्तरीय र परिणाममुखी काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले सिन्धुपाल्चोक जिल्लाका अधिकांश स्थानीय तहको प्रशासनिक भवन, स्वास्थ्य भवन, वडा भवनमा जिससले साझेदारीमा बजेट प्रदान गरेको बताउनुभयो ।
इलामको माइजोगमाई २ मा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । बिहीबार राती माईजोगमाई– २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
गायक सुनिल छिदालको साङ्गीतिक कोसेली ‘आई एम सरी’ बोलको गीत सुनिल छिदाल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । जनम रुङ्माहाङ राईको शब्द र छिदालको स्वर र सङ्गीत रहेको गीतको भिडियोमा टिकटक स्टार अनु परियारको साथमा छिदालको अभिनय रहेको छ ।
गायक एवं सङ्गीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा जीवनदास सुनारको शब्द रचना, सिडी विजयको सङ्गीत रहेको छ ।