• १९ वैशाख २०८१, बुधबार

श्रीमतीको हत्या गरेर पीताम्बरले गरे आत्महत्या

blog

प्रेम अधिकारी 

पशुपतिनगर, असार २२ गते । इलामको माइजोगमाई २ मा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । बिहीबार राती माईजोगमाई– २ का ५७ वर्षीय पीताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

खतिवडाका दुई श्रीमती थिए । कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका पीताम्बरले राती जेठी श्रीमतीको घरमा गएर उक्त घटना गराएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । 

कान्छी श्रीमती सीता भने बिहीबार माइती गएको र जेठी श्रीमतीकी छोरी रचना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।