• १९ वैशाख २०८१, बुधबार

पुल बनेपछि उत्तराईबासी उत्साहित

blog

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ८ र ९ लाई जोड्ने सरस्वती खोलामा निर्माण कार्य भइरहेको फलामे पुल । तस्विरः भक्ति विलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, असार २२ गते । वर्षौँदेखि ज्यान जोखिममा राखेर स्थानीय सरस्वती खोलाको बाढी तर्दै आएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं ८ उत्तराई टोलका बासिन्दालाई अब भने वडा कार्यालय र नगरपालिकासम्म सरकारी सेवा लिन जान सहज भएको छ ।

 त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी वडा नं ९ र ८ लाई जोड्ने सरस्वती खोलामा फलामे पुल निर्माण गरेपछि उत्तराई टोलका बासिन्दालाई वडा कार्यालय र नगरपालिकासम्म सरकारी सेवा लिन जाँदा हरेक पटक ज्यान जोखिममा राखेर बाढीको भेल तर्नुपर्ने बाध्यता सदाका लागि हटेको हो । 

त्रियुगा नगरपालिकाले दुई करोड ४० लाख ६९ हजार रुपियाँको लागतमा ६१ मिटर लामो फलामे पुल निर्माण गरेको प्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो । पुल निर्माण भएसँगै पुस्तौँदेखि आफूहरुले वर्षातको समयमा खोला तर्न सास्ती खेप्दै आएकोमा अब मानिससँगै अटो रिक्सा, मोटरसाइकल तर्न सक्ने भएको छ । 

पुल बनेकोले साना साना बालबालिकालाई विद्यालय जान होस् या अन्य मानिसलाई खेत किसानी गर्न वारि पारि गर्दा नै किन नहोस् धेरै सहज भएको स्थानीय गुणदेव चौधरीले बताउनुभयो ।