जताततै सडक बजारमा खुला छाडिएका घोडा खच्चडका कारण फोहर बढ्नुका साथै यातायातका साधन सञ्चालनमा समस्या भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन अभियान सुरु गरेको छ ।
आईएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका–७ राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई हरियालीमय बनाउन उद्देश्यले बिरुवा बितरण थालिएको छ । नगरपालिका कार्यालयले नगरवासीलाई विरुवा वितरण कार्य सुरु गरेको हो ।
अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकालाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीसँग ब्याडमिन्टन सिक्नुका साथै खेलका प्राविधिक जानकारी लिएका थिए ।
आज साँझ ५ बजेदेखि इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको छ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल इलेक्सनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका शील भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकले आगामी आवको बजेट पारित गरेसँगै प्रदेश सरकारलाई आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र सिर्जनशील लेखन समाजले डा. अम्बिका अर्यालद्वारा लिखित ‘उत्तरवर्ती उपन्यास प्रवृत्ति र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीको प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभयो ।
स्याङ्जाको चापाकोट नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरवासीको स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउन नगरपालिका आफैले एम्बुलेन्स सुचारु गरेको हो ।
पोखरा महानगरपालिका—१८ सराङकोटबाट बिहीबार देखिएको पोखराको बैदाम क्षेत्र ।
कैलालीको कटैनी नदीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । कैलारी गाउँपालिका –७ रामपुरका ४५ वर्षीय गणेश चौधरीको सो नदीमा डुबेर ज्यान गएको हो ।
नेपालको संबिधानले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै विषयमा सूचना माग्न पाउने हक प्रदान गरेको छ । तर संबिधानले व्याख्या गरेअनुसार नागरिक सहजरुपमा सो हकको प्रयोग गर्ने वातावरण अझै बनिसकेको छैन ।
झापाको हल्दिबारी गाउँपालिकाका अति विपन्न १३ घरपरिवारलाई एकृकीत बस्ती बनाएर पक्कीघर निर्माणगरी हस्तान्तरण गरिएको छ । अति विपन्न, पिछडिएको जाति, दलित, अल्पसंख्यक, अपाङ्ग, एकल महिला र बृद्ध असक्तहरुको घर पालिकाले निर्माण गरेर हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रमुख प्रतिपक्षी दल र विपक्षीका योजनालाई आगामी आवको बजेटमा समेट्ने बताउनुभएको छ ।
महिला पत्रकारलाई पेशामा सुरक्षित भई क्रियाशील भइराख्न मधेस प्रदेशका महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमालाई निरन्तरता दिएको छ । मधेश प्रदेशका मिडिया र मिडियाकर्मीको हकहित, संरक्षण, सम्बद्र्धन एवम् क्षमता अभिवृद्धिलगायतका उद्देश्य पूरा गर्न मधेश प्रदेश सरकारले गठन गरेको आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामले महिला पत्रकारको स्वास्थ्य बीमा र दुर्घटना बीमालाई निरन्तरता दिएको हो ।