हज्जारौँ शब्दहरूले पुरेका खिया लागेका उमेरका चाङमा ।
पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतीको पूर्व सन्ध्यामा आयोजित भेट्रान पाँच किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो हुनुभएको छ ।
न देह मेरो न त हुन्छ देही मुहारको दर्पण हैन केही शरीर हाँक्ने सरकार छैन मेरै मलाई अधिकार छैन ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका हुन् । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौँको मूलपानी र धर्मस्थली, भक्तपुरको दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ ।
नेपालको मध्य, उच्च पहाडी र हिमाली क्षेत्रका साथै समुद्री सतहबाट १५ सय मिटरदेखि चार हजार मिटर उचाइसम्म काफल पाइन्छ। काफललाई ठाउँ अनुसार नेपालीमा कोबुसी, कायफल, काफल भन्ने गरिन्छ भने हिन्दीमा काफल कायफर, कायफल तथा अङ्ग्रेजीमा काफलाई बेबेरी भनिन्छ। काफलको वैज्ञानिक नाम भने मार्सिका एस्कुलेन्टा हो। काफल एक लोकप्रिय प्राकृतिक जङ्गली पहाडी फल हो। यसको स्वाद मीठो हुन्छ। गर्मी मौसममा पहाडका वन पाखा जताततै काफल पाकेको हुन्छ। चैतदेखि जेठ महिनासम्म काफल पाक्छ।
नेपाल महिला सङ्घको नवगठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृ सङ्गठनको रूपमा रहेको सङ्घको बैठक केन्द्रीय कार्यालय धापासी काठमाडौँमा सम्पन्न भएको हो ।
असारको पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोले दुई ठुला जलविद्युत् आयोजनामा क्षति पु-याउँदा करिब दुई अर्ब रुपियाँ बराबरको नोक्सानी भएको छ । प्रवर्धक कम्पनीका अनुसार आयोजनाको बाँधदेखि पाइपलाइन र प्रसारण लाइन हुँदै विद्युत्गृहसम्ममा बाढीपहिरोले क्षति गर्दा अर्बौं रुपियाँ बराबरको नोक्सानी हुन पुगेको हो ।
ऐतिहासिक सम्पदा, कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय जलरंग महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय जलरंग समाज, नेपाल (आइडब्लूएस) को आयोजनामा मङ्सिर १६ गतेदेखि पाँच दिन महोत्सव सञ्चालन हुने जनाइएको छ ।
मधेशको इतिहास लेखनका लागि इतिहासविद्हरूको खोजीमा जुटेको छ । मधेश प्रज्ञा प्रतिष्ठान जनकपुरधामले मधेशको इतिहास लेखनका लागि मधेशसम्बन्धी इतिहासविद् एवं जानकारको खोजीमा जुटेको हो । मधेशको इतिहास कहिँकतै नभेटिएको दाबीसाथ मधेशको इतिहास लेख्न नेपाल र भारतका इतिहासविद् र जानकारको खोजीमा जुटेको प्रतिष्ठानका अध्यक्ष रामभरोज कापडी ‘भ्रमर’ ले जानकारी दिनुभयो । पूर्वपश्चिम मधेशका २२ जिल्लाको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिकलगायतको विषयका इतिहास दस्तावेज नभेटिएकाले जानकार इतिहासविद्लाई भेला गरी इतिहास लेखनतर्फ प्रतिष्ठान अगाडि बढेको उहाँले बताउनुभयो ।
स्थानीय तहको दोस्रो निर्वाचनबाट गोरखाको भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बन्जारा निर्वाचित हुनुभएको थियो। उहाँसँगै गाउँपालिकाका जनप्रतिनिधिले एक वर्षको कार्यकाल पूरा गरिसक्नुभएको छ। यो वर्ष नीतिगत काममा अल्झिए पनि अब उत्पादनमुखी योजना र कार्यक्रम लिएर अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष बन्जाराले बताउनुभएको छ। यसै सन्दर्भमा अध्यक्ष लोकप्रसाद बन्जारासँग गोरखापत्रका नरेन्द्र ढकालले गर्नुभएको कुराकानी : गाउँपालिकाको अध्यक्षको भूमिकामा तपाईंले एक वर्ष पूरा गर्नुभयो, यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? यो एक वर्षको कार्यकालमा म आफैँ पूर्ण सन्तुष्ट छैन। हामीले जे, जति, जसरी गर्ने भन्ने सोच राखेका थियौँ
मुस्ताङको मुख्य बाली स्याउको उत्पादन यो वर्ष निकै घट्ने देखिएको छ। स्याउको बोटमा कम फल लागेपछि किसान चिन्तित बनेका छन्। मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा रहेको स्याउ बगानमा पनि निकै न्यून मात्रामा स्याउको दाना लागेको छ। हिउँदमा हिउँ नपर्दा स्याउलाई चाहिने न्यूनतम तापक्रम पुग्न सकेन। जसका कारण यहाँ लगाइएका धेरै चिस्यान चाहिने स्याउका जात राम्रोसँग फुल्न सकेनन् । यसका साथसाथै फूल खेल्ने समयमा लगातार पानी पर्दा राम्रोसँग परागसेचन हुन नपाउँदा फल लागेको छैन। शीतोष्ण बागवानी विकास केन्द्रका निमित्त प्रमुख पद्मनाथ आत्रेयले भन्नुभयो, “स्याउमा राम्रोसँग फूल खेलेको थियो तर त्यही समयमा झन्डै हप्तादेखि १० दिनसम्म झरी पर्दा परागसेचन हुन पाएन। त्यसैले दाना कम लाग्यो।”
अहिले पनि ताप्लेजुङका करिब पाँच सय परिवार शौचालयविहीन छन् । तथ्याङ्क कार्यालय पाँचथरले सार्वजनिक गरेको प्रतिवेदनअनुसार खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको जिल्लामा उक्त सङ्ख्यामा अझै शौचालय विहीन परिवार रहेका हुन् ।
रुपन्देहीको कञ्चन गाउँपालिकाले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवालाई लक्ष्य गरी सुरु गरेको पुनः एकीकरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ। एक पटक विदेश गएर फर्किएकालाई रोजगारसँग जोड्ने यो कार्यक्रमप्रति युवाको आकर्षण र चासो बढ्दै गएको छ। गाउँघरमै उद्यम गरेर बस्न चाहनेलाई कार्यक्रमले उत्साहित बनाएको छ। गाउँपालिकाका अनुसार पुनः एकीकरण कार्यक्रममा ५१ युवा समेटिएका छन्। विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्न पुनः एकीकरण कार्यक्रम सञ्चालन गरिएको हो। पालिकाले विदेश नगई स्वदेशमै केही व्यवसाय गर्न चाहने युवालाई विभिन्न रोजगारसँग जोड्न प्रतिव्यक्ति ३५ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। कञ्चन गाउँपालिका–१, बेलभरियाका अर्जुन चौधरी पुनः एकीकरण कार्यक्रमबाट आफू उद्यम व्यवसायसँग जोडिएको बताउनुहुन्छ। अब विदेश गएर होइन, स्वदेशमै केही गर्नु पर्छ भन्ने जोसजाँगर पलाएको छ । उहाँले भन्नुभयो, “फेरि विदेश नजाने प्रतिबद्धता गरिसकेको छु।” अर्जुन जस्तै ५१ जना युवाले विभिन्न उद्यम व्यवसाय सञ्चालन गरेका छन्। विभिन्न कृषि व्यवसाय अन्तर्गत कोही भैँसी, बाख्रा, कुखुरापालन गर्दै छन् भने केही हस्तकला, पसल, फ्रेस हाउसलगायत आयआर्जनको पेसा तथा व्यवसायमा जोडिएका छन्।