रुपन्देहीका कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द कुमार यादव सेवाग्राहीसँग ४० हजार पाँच हजार रुपियाँ घुस लिइसकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पृथ्वीराजमार्गको दमौली–पोखरा खण्ड अबरुद्ध भएको छ । आज साँझ ६ बजे म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बिचमा पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्को सम्भावित जोखिम व्यवस्थापनका लागि सरकारले सबैखाले तयारी गरिरहेको र आवश्यक संयन्त्र पनि तम्तयार अवस्थामा रहेको बताउनुभयो।
प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सदन चल्न नदिने अडान राखेपछि प्रतिनिधि सभाको आजको दोस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ।
काठमाडौं महानगरपालिकाले कक्षा ११ मा दुर्गम क्षेत्रका विद्यार्थी भर्नाको अवसरबाट वञ्चित भएकोप्रति ध्यानाकर्षण जनाएको छ ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले बालबालिकाको अधिकार सुनिक्षित र सुरक्षित गर्नका लागि आफू राजनीतिमा आएको बताउनुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रतिनिधि सभा, पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ।
सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा गण्डकी प्रदेशको राजधानी पोखराबाट शुभारम्भ भएको छ ।
निरन्तर वर्षाका कारण सुनसरीको इनरुवा -४ स्थित रेडक्रस आधारभूत विद्यालय क्षेत्रमा सुनसरी खोलाले गरेको कटान ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुभएको छ। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताउनुभयो।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले अल्लो प्रवर्द्धन गर्न तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले स्थानीय स्तरमै प्रशस्त रूपमा पाइने अल्लोको प्रवर्द्धन गर्न धागो बनाउने तालिम सञ्चालन गरिरहेको हो ।
जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक विनोद विष्टविरुद्ध दुई लाख रुपियाँ घुस लिएको आरोप लागेको छ ।