प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताउनुभएको छ।
नेकपा (एमाले) को संसदीय दलको बुधबार बसेको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य रहेको भन्दै आपत्ति जनाएको छ ।
काठमाडौंका विभिन्न ठाउँमा नियम उल्लङ्घन गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ।
गबारो कीराका कारण विस्थापित अर्घाखाँचीका कफी कृषक फेरि व्यावसायतर्फ आकर्षित भएका छन् । गत दुई वर्षदेखि व्यावसायिक उत्पादन छाडेका कृषक फेरि समुह बनाएर उत्पादनमा जोडिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले अवरोध गरेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीका अवसरमा जिल्लामै सर्वाधिक राशीको भानुकप फुटबल प्रतियोगितामा ४० टोलीको सहभागिता रहने भएको छ ।
वर्षायाम सुरु भइसकेकोले नेपालगन्जलाई डुबानबाट जोगाउन उपमहानगरपालिकाभित्र रहेका नहर तथा नालाको निकास खोलिएको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले आफ्नो सेवा सुविधाको रकम गाउँपालिकावासीको हितमा खर्च गर्नुहुने भएको छ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताउनुभएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहमै पशु जाँच प्रयोगशाला स्थापना गर्ने भएको छ । मन्त्रालयले आगामी आव २०८०/८१ मा बजेट नै छुट्याएर यो कामको सुरुवात गर्न लागेको छ ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन ।
एशियाली विकास बैंक (एडीबी) को सहयोगमा भैरहवामा सडक निर्माण हुने भएको छ । सिद्धार्थनगर नगरपालिकाले नगरको थप सडक निर्माण र कालोपत्रेका लागि एडीवीलाई भित्र्याएको हो ।
म्याग्दीको मङ्गला गाउँपालिका –३ वरंजामा महिलाले नेतृत्व गरेको सिँचाइ योजना सम्झौता मितिभन्दा अगावै सम्पन्न भएको छ । याप्प्रे खोला तल्लो भेटिने सिँचाइ योजना सम्पन्न गर्न महिलाको नेतृत्वमा गत चैतमा उपभोक्ता समिति गठन गरिएको थियो ।
बाँकेमा हालसम्म २५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई नगद अनुदान वितरण गरेको छ । नगरपालिकाभित्रका दुग्ध किसानहरूलाई २६ लाख २० हजार ८ सय ३ रुपियाँ अनुदान वितरण गरेको हो ।