देशकै कान्छो जिल्ला नवलपुरको नमुना सदरमुकाम निर्माण स्थल कावासोतीमा निर्माणको काम सुरु गर्ने विषयमा अन्यौलता बढ्दै गएको छ । शिलान्यास भएको चार वर्ष पुग्दा समेत कार्यालय बन्नु त पर, कामसमेत सुरु भएको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिनुभएको भनिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।
दाङको घोराहीमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई खेल सम्बन्धी प्रशिक्षण दिइएको छ । घोराही उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा खेल प्रशिक्षक राख्ने तयारी अनुसार शिक्षकहरूलाई तालिम दिइएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवहाक मुख्य सचिव डा. प्रदीप पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै असार २७ गते अपरान्ह १ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिनुभयो।
खार्पुनाथ गाउँपालिका –३ को रायाखोला लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । निर्माण भएको चार वर्षपछि आयोजनाले विद्युत् उत्पादन सुरु गरेर वितरण गरेको हो ।
उखु, गुड र खुदोका लागि प्रसिद्ध गुल्मीको थोर्गा च्युरेक अहिले लिचीका लागि प्रख्यात छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका –१ मा अवस्थित यस स्थान कृषि उपजका लागि नमुना गाउँ नै बनेको छ ।
सर्लाहीको हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि ६२ करोडभन्दा बढीको बजेट ल्याएको छ । बुधबार प्रारम्भ भएको सातौँ नगर सभामा नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले ६२ करोड ९१ लाख ४७ हजार रुपियाँ बराबरको अनुमानित बजेट पेस गर्नुभएको हो ।
राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चवर्षीय आवधिक योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थासँग छलफल गरेको छ।
तमोर कोरिडोर सडक अन्तर्गत पाँचथर र धनकुटाको सीमा हुँदै बग्ने नावाखोलामा बाढी आएसँगै खोलाको बीचमै डुबेको टिपर निकाल्ने प्रयास गरिँदै ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्न आज बस्ने भनिएको बोर्ड बैठक नबस्ने भएको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव २६ अङ्कले घटेर दुई हजार ४९ दशमलव २६ अङ्कमा सीमित भएको छ।
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदूत अबरर हुसेन हसमीबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिनुभएको छ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लिलबहादुर थापाको जोडी बुधवार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन हुनुभएको छ ।
सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रले संसद्लाई राष्ट्रको हितमा काम गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ ।