• १३ पुस २०८१, शनिबार

विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

blog

सघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद आआफ्ना ठाउँबाट उभिएर विरोध जनाउँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, असार २० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिनुभएको भनिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।

बैठकको सुरुमै विपक्षी सांसद आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद रघुजी पन्तलाई समय दिनुभएको थियो। सांसद पन्तले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिसम्बन्धी विषय स्पष्ट नभएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने उहाँले बताउनुभयो।

त्यसपछि सभामुख घिमिरेले बैठक अघि बढाउन सत्तापक्षका सांसदलाई समय दिएपछि विपक्षी सांसद उठेर ‘बेल’ घेराउ गर्न थालेपछि बैठक आधा घण्टाका लागि स्थगन भएको छ।