झापाको दमकमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
हुलाकी सडक अन्तर्गत बाँकेको फत्तेपुरदेखि वैजापुरसम्मको सडक कालोपत्रेको काम अघि बढेपछि राप्ती–सोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउनजान सहज भएको छ ।
बागमती प्रदेश सरकारले आफ्नो मातहतमा रहेका दुई वटा पर्यटन विकास आयोजनाको म्याद थप गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सम्बन्धमा असहमति जनाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ । बजेटका विषयमा असहमति राख्दै आएकामा प्रमुख प्रतिपक्ष दल सहमत भएपछि आजदेखि बैठक सञ्चालन हुने भएको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही असार २९ गते फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनुहुने भएको छ ।
नेपाल राष्ट्र बैंकले यही असार २१ गते रू १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ ।
। मोरङको कानेपोखरी–रङ्गेली सडक अवरुद्ध भएको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षापछि गेउरिया खोलामा आएको बाढीले खोलाको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।
घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन ।
तमोर कोरिडोर सडकअन्तर्गत पाँचथर र धनकुटाको सीमा हुँदै बग्ने नावा खोलामा बाढी आएपछि जोखिम मोलेर यातायात सञ्चालन हुँदै आएको छ ।
झापाको गौरिगन्ज गाँउपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । बुधबार बिहान जिल्लाको बागचौर नगरपालिका–२ थारमारे बजारबाट वडा न १ ठिनवाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर ठिनवाङ जिउलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा बाढीले गाडी गुड्ने काठेपुल बगाएको छ । लगातारको वर्षासँगै आएको ढुङ्गासहितको बाढीले सो पुल बगाएको हो ।
मोरङको लेटाङ नगरपालिकालाई सबैभन्दा बढी दुःख दिने चिसाङ खोलामा श्रमदानबाट तटबन्ध निर्माण गर्न सुरु गरिएको छ ।
मनग्य होस् आम्दानी मनासिब रहोस् खर्च