• १३ साउन २०८१, आइतबार

जीवनमा

blog

मनग्य होस् आम्दानी

मनासिब रहोस् खर्च

जीवनरूपी रथलाई

निरन्तर चलाउनुपर्छ ।

मै खाऊँ मै लाऊँ मात्र नभई

अरूलाई पनि बाँड्नुपर्छ

वसुधैव कुटुम्बकम् भन्दै

मूलमन्त्रलाई जप्नुपर्छ ।

कहिले खुम्चिनुपर्छ

कहिले तन्किनुपर्छ

रबर जस्तै रहेछ जीवन

समय अनुकूल बन्नुपर्छ ।

नमात्तिनु भन्छन् सुखमा

जे जस्तो आइपर्छ

नआत्तिनु भन्छन् दुःखमा

त्यो पनि त बेहोर्नु पर्छ ।

समस्याबाट नै समाधान

व्रmमशः पहिल्याउनुपर्छ

विकल्पको छनोट गरी

आफैँले सुल्झाउनुपर्छ ।