राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल सरकारले खोलेको भ्रष्टाचारको फाइल जरासम्म नपुगे २०८४ मा जनताले जरो उखेलेर फाल्ने चेतावनी दिनुभएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ । एसईईको नतिजा प्रकाशनका लागि बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले गरेको विरोधलाई पार्टीले भ्रमक, आपत्तिजनक र दुराशययुक्त प्रचारबाजी भनेको छ।
भेरीगङ्गा नगरपालिकाका पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा च्यापकटर मेशिन (घाँस, पराल काट्ने मेशिन) वितरण गरिएको छ । भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख धनसरा बोहोराले किसानहरुलाई च्यापकटर मेशिन वितरण गर्नुभएको हो ।
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले सभामुख समेतको सङ्ख्या देखाएर पेस हुने दाबीलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गर्नुभएको छ ।
पश्चिमी युक्रेनी शहर भिल्भमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् ।
रिब्दिकोट गाउँपालिकाभित्रका अव्यवस्थित विद्युतीय पोलहरु तथा तारहरु व्यवस्थापन भएपछि रिब्दिकोट –७ का स्थानीय खुशी भएका छन् । घर अगाडि हाइटेन्सन हुँदा त्रसित बनेका स्थानीय अहिले खुशी भएका हुन् ।
बुधबार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ ।
प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि बर्सेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेर मात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताउनुभएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठकमा आज पनि अवरोध गरेको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा नेकपा (एमाले) का सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्नका लागि अनुमति दिनुभयो ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट रहेको जनाएको छ ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा आगामी वर्ष गत वर्ष सुरु भएको ठेक्काका बाँकी काम गरिने भएको छ । वि.सं. २०७१ वा त्योभन्दा पछि सुरु भएका ठेक्का नै सम्पन्न हुन बाँकी रहकाले तिनकै काम गरिने रेल विभागले जनाएको छ ।
कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिनुभएको समय आज साँझ ५ बजे सकिँदैछ । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्ति गर्न केन्द्रीय गठबन्धनमा रहेका दलले अपरान्ह मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी थालेका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो ३ बजेपछि प्रकाशन गर्ने तयारी गरेको छ । एसईईको नतिजा प्रकाशनका लागि केही समय अघिबाट बोर्ड बैठक सुरु भएको छ ।