धनकुटामा हालसम्म १० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । असारको तेस्रो साता बित्दासम्म अघिल्लो वर्षको अनुपातमा कम रोपाई भएको हो ।
त्रियुगा नगरपालिका–१५ को बाझो जमिनमा घाँस खेती कार्यक्रम सुरु गरिएको छ । दक्ष जनशक्ति र युवा रोजगारका लागि विदेश पलायन भएसँगै त्यस क्षेत्रमा धेरै जमिन बाँझो रहेकाले पशुपालन गर्ने किसानलाई लक्षित गरी त्यस्तो जमिनमा घाँस खेती सुरु गरिएको हो । डिभिजन वन कार्यालय गाईघाटसँगको सहकार्यमा मानव अधिकार तथा विकास केन्द्र नामक गैरसरकारी संस्थाको सक्रियतामा सञ्चालित नेपाल एकीकृत ग्रामीण विकास परियोजना अन्तर्गत समूहमार्फत बाझो जग्गामा घाँसलगायत विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको संस्थाका अध्यक्ष शङ्करबहादुर थापाले बताउनुभयो ।
अर्थोडक्स चियाको क्षेत्रमा जिल्लाबाहिरका छ वटा उद्योगलाई धनकुटामा ट्रेडमार्क वितरण गरिएको छ । टे«डमार्क पाउने उद्योगमा भोजपुर जिल्लास्थित गरस चिया उद्योग, इलाम जिल्लास्थित सिल्भर माउन्टेन टी इन्डस्ट्रिज प्रालि, फार्मर टी प्रोसेसिङ इन्डस्ट्रिज, सिद्धदेवी टी स्टेट प्रालि, नोर्लिग स्पेसियालिटी टी प्रालि, ला मण्डला स्पेसियालिटी टी रहेका छन् ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अङ्ग रहेको धारणा राख्नुभएको छ । साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सारफी) द्वारा आयोजित साउथ एसिया लिडर्स राउन्ड टेबल विषयक भर्चुअल बैठकलाई सम्बोधन गर्दै सारफीका उपाध्यक्षसमेत रहनुभएका गभर्नर अधिकारीले यस्तो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, “डिजिटल वित्तीय सेवा हाम्रो बैङ्किङ प्रणालीको अभिन्न अङ्ग हो । कोभिड जस्ता सङ्कट र अनिश्चितताको समयमा यसले व्यावसायिक निरन्तरतामा टेवा पु-याउँछ ।” बैठकमा उहाँले दक्षिण एसियाली मुलुकहरूबिचको अन्तरदेशीय भुक्तानी प्रणालीलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अजरबैजानका राष्ट्रपति इहाम हैदर ओग्लु अलियेभसँग भेटवार्ता गर्नुभएको छ। असंलग्न आन्दोलन समूहको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अजरबैजानको राजधानी बाकुमा रहनुभएका मन्त्री साउदले बिहीबार त्यहाँका राष्ट्रपति अलियेभसँग भेटवार्ता गर्नुभएको हो। भेटमा द्विपक्षीय हित तथा दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
द राइजिङ नेपालको प्रबन्ध सम्पादकमा परमेश्वरप्रसाद देवकोटा नियुक्त हुनुभएको छ । बुधबार गोरखापत्र संस्थान व्यवस्थापनले देवकोटालाई उक्त पदमा नियुक्त गरेको हो ।
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ ।
अलैँचीका बिरुवा उत्पादन गरिरहेको अलैँची विकास केन्द्र इलामले यो मौसममा करिब एक लाख बिरुवा बिक्री गरेको छ । अलैँचीको बिरुवा रोप्ने यो मुख्य मौसम रहेको र बढी बिरुवा पश्चिमी जिल्लामा गइरहेको केन्द्रका बागवानी विकास अधिकृत अनुपा सुवेदीले बताउनुभयो । केन्द्रले रामसाही, गोलसाही, भर्लाङ र जिर्मले जातका अलैँचीका बिरुवा उत्पादन गरी बिक्री गरेको सुवेदीले जानकारी दिनुभयो । यस पटक केन्द्रले उत्पादन गरेका बिरुवा दोलखा, रामेछाप, गुल्मीलगायतका जिल्लामा पठाइएको छ । यस्तै ताप्लेजुङ, पाँचथर र इलाममै पनि बिक्री भएको छ ।
अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्याएको छ ।
रमेश विकलको लुकेको प्रतिभा नामक चित्रकलाको पुस्तक बिहीबार काठमाडौँमा लोकार्पण गरिएको छ । प्रमुख अतिथि वरिष्ठ कलाकार हरिप्रसाद शर्मा र रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । कार्यक्रममा प्रमुख अथिति शर्माले रमेश विकल साहित्यकार सँगसँगै राम्रो कलाकार पनि हुनुहुँदो रहेछ भनेर उहाँको पुस्तक पढेर थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सानैदेखि परिचित थियौँ, उहाँ राम्रो लेखक हुनुका साथै अलि अलि चित्र पनि कोर्नुहुन्छ भन्ने पनि मलाई थाहा थियो तर यति राम्रो चित्र बताउनुहुँदो रहेछ भनेर चाहिँ पुस्तक पढेपछि मात्र थाहा पाएँ ।”
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग विहीन बने बनेको छ ।
दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भत्तजन प्रभावित भएका छन् ।
बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ निवासी ८९ वर्षीय वीरसिंह भण्डारीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुलेर कुरा गर्नुभएको छ । राजनीतिमा मौलाएको विकृति र विसङ्गतिको आक्रोश पोख्न पाए मन शान्त हुने बताउनुहुने उहाँ लामो समयदेखि सिंहदरबार धाइरहनुभएको थियो । आफ्ना ५५ वर्षीय छोराको उपचारका लागि प्रधानमन्त्रीलाई भेटेर आग्रह गर्ने पनि उहाँको अभिलाषा थियो ।
प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश निष्क्रियभइसकेको छ । अध्यादेश निष्क्रिय भएपछि सभाले विचाराधीन विधेयकलाई भने अघि बढाउने तयारी गरेको हो । बुधबार प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि नबढेको उक्त विधेयकलाई शुक्रबारको सम्भावित कार्यसूचीमा सभाले सामेल गरेको छ ।
निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । छाङ छ्वानको पुरुषमा विपन तथा महिला अस्मिताले स्वर्ण जित्नुभएको हो ।