• १९ वैशाख २०८१, बुधबार

धनकुटामा १० प्रतिशत मात्र रोपाइँ

blog

धनकुटाको साँगुरीगढी गाउँपालिका ३ मा धान रोप्दै किसान । तस्बिर: गोरखापत्र

कविराज घिमिरे 

हिले, असार २२ गते । धनकुटामा हालसम्म १० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । असारको तेस्रो साता बित्दासम्म अघिल्लो वर्षको अनुपातमा कम रोपाइँ भएको हो । 

अघिल्ला वर्षमा असार अन्तिम साता सम्ममा ४० प्रतिशत रोपाइँ भइसक्ने गरेका कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । तर यो वर्ष धनकुटामा ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । जिल्लाका अधिकांश स्थानमा आकासे पानीकै भर भएकाले पानी कम पर्दा अघिल्ला वर्षको तुलनामा कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुरज खनालले जानकारी दिनुभयो । 

धनकुटामा भदौ महिनाको पहिलो सातासम्म रोपाइँ हुने गरेको छ । धनकुटामा समग्रमा ८० देखि ९० प्रतिशतसम्म रोपाइँ हुने गरेकाे कार्यालयले जनाएकाे छ ।