राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले शुक्रबार बिदाइ भेट गर्नुभएको छ ।
आँपको मुख्य व्यापारिक केन्द्र मानिएको लहानमा आँपको मूल्यमा दोब्बरले वृद्धि भएको छ । असारको दोस्रो हप्तामा सस्तो मूल्यमा पाउने आँपको मूल्य तेस्रो हप्तामा आइपुग्दा बृद्धि भएको हो ।
धनकुटाको साँगुरीगढी गाँउपालिकाले यो वर्ष गाँजा सम्भावित क्षेत्रको अध्ययन गर्ने भएको छ । गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा गाँजाको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम नीति तथा कार्यक्रममै समावेश गरेको छ ।
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई प्रशासक होइन, जनसेवक भएर काम गर्न निर्देशन दिनुभएको छ ।
कर्णाली प्रदेश सभामा विनियोजन विधेयक अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयकोे शीर्षकको खर्च रकम घटाई खर्च कटौतीको प्रस्ताव पेश गरिएको छ ।
काठमाडौं, असार २२ गते। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदलाई घनीभूत छलफल गरेर सहमति गर्न अनुरोध गर्नुभएको छ। शुक्रबारको कार्यव्यवस्था परामर्श समिति बैठकमा धारणा राख्नुहुँदै सभामुख घिमिरेले यस्तो अनुरोध गर्नुभएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दा मिटरब्याज पीडि सम्बन्धी विधेयक निष्क्रिय हुनु राम्रो नभएको उहाँले बताउनुभयो। सत्ता पक्ष र प्रतिपक्षी दलको छलफलका लागि सहजीकरण गर्न आफू तयार रहेको उहाँले प्रष्ट पार्नुभएको छ। सभामुखको भनाइ उद्धृत गर्दै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भन्नुभयो, ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनीभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला। संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याजसम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन। तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ। त्यसका लागि सहजीकरण गर्न म तयार छु।’’सभामुख घिमिरेले आइतबारसम्ममा सहमति गर्न आग्रह गर्दै शुक्रबारको बैठक सूचना टाँसेर स्थगित गर्नुपर्ने बताउनुभएको छ। कार्यव्यवस्था समिति बैठक लगत्तै सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना सार्वजनिक गर्नुहुँदै शुक्रबारका लागि तोकिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने निधारण गरिएको जानकारी गराउनुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैधानिक र व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति खोलिदिन संसदीय समितिसँग आग्रह गर्नुभएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका –३ नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागार सञ्चालन र कैदीबन्दीको आधारभूत मानवअधिकार संरक्षणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडाअध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागले डा. टिपी धमलाद्वारा लिखित कार्यपत्र ‘योगदर्शनको सामाजिक प्रभाव’ विषयक एक चर्चा कार्यक्रम गरेको छ।
रूपन्देहीको दुग्ध व्यवसायीको संयुक्त पहलमा आधुनिक डेरी उद्योग स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिका –१४ बेलभरियामा जिल्लाका विभिन्न स्थानमा डेरीजन्य व्यवसाय गर्दैआएका व्यवसायी, किसानलगायतको सहकार्यमा करिब डेढ करोड लागतमा उद्योग स्थापना गरिएको हो ।
धनकुटाको साँगुरीगढी गाउँपालिकाले यो वर्ष गाँजा सम्भावित क्षेत्रको अध्ययन गर्ने भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताउनुभएको छ ।
पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ ।