• ७ पुस २०८२, सोमबार

साँगुरीगढीले गाँजा सम्भावित क्षेत्रको अध्ययन गर्ने

blog

नीति तथा कार्यक्रम सार्वजानिक गर्नेक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष उपाध्यक्ष्य लगायतको टोली । फाइल तस्बिर

कबिराज घिमिरे

हिले, असार २२ गते । धनकुटाको साँगुरीगढी गाँउपालिकाले यो वर्ष गाँजा सम्भावित क्षेत्रको अध्ययन गर्ने भएको छ । गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा गाँजाको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम नीति तथा कार्यक्रममै समावेश गरेको छ । 

गाँजाको फूल बिक्री गर्नुभन्दा पनि औषधि, विभिन्न कपडा, झोला, जुत्ता आदि सामग्री निमार्ण गर्नेतर्फ कार्यक्रम केन्द्रित हुने पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो । 

“पालिका क्षेत्रमा धेरै गाँजा हुने  सम्भावित स्थान रहेका छन् । ती स्थानको अध्ययन गरेर गाँजाबाट बन्ने विभिन्न परिकार र सामग्री निर्माण गर्नेतर्फ कृषकलाई आकर्षित गर्छौ” , राईले भन्नुभयो । 

केन्द्रीय सरकारले गाँजा सम्भाव्यता अध्यानय गर्ने कार्यक्रम सार्वजानिक गरेपछि साँगुरीगढी गाँउपालिकाले केन्द्रको समन्वयमा काम गर्न लागेको हो । 

योसँगै पालिकाले पर्यटन, कृषि तथा पूर्वाधारलाई आफ्नो नीति तथा कार्यक्रममा जोड दिएको छ ।