झापामा डेंगुका कारण तीन जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ७२७ पुगेको छ । सङ्क्रमियमध्ये १०४ जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–२ जर्लैयामा करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँदअली भाँटको छोरी साहिना खातुन रहेको प्रहरीले जनाएको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा केही दोहोरोपन पाएपछि सच्याउन लागेको बताउनुभएको छ ।
खोटाङको हलेसी तुवाचुङका सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्न थालिएको छ । नगरपालिकाको “शून्य शुल्क” कार्यक्रमअन्तर्गत सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क बनाइएको हो ।
काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
दाङमा बिहीबार राति घरधनीलाई कुटपिट गरेर लुटपाट भएको छ । घोराही उपमहानगरपालिका– १२ रामकोटका स्थायी ४छ वर्षीय मानबहादुर बस्नेतको घरमा बिहीबार राति लुटपाट भएको हो ।
कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटकको आगमन सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद् अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
पहिचानसहितको प्रदेश पुनः नामकरणको माग गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) आजबाट कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज माइतीघरदेखि सुरु भएको युवा पदयात्रा कार्यक्रममा सहभागी हुँदै उहाँले सरकारले युवा नीतिलाई परिमार्जन गर्ने बताउनुभयो । “राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको छ”, उहाँले भन्नुभयो ।
याङ्गुन, साउन, २६ गते । म्यान्माको दक्षिणी केइन राज्यमा नदीको बहाव खतराको चिन्ह नाघेपछि १८ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । केइन राज्यका छवटा टाउनसिपहरूमा बाढीले खतरा उत्पन्न गरेपछि सुरक्षित आश्रयस्थलहरू स्थापना गरिँदैछ, केइन राज्य सरकारका प्रवक्ता यू साउ खिन माउङ मिन्टलाई उद्धृत गर्दै सञ्चारमाध्यमले उल्लेख गरेका छन्।थानल्विन नदीसहित केइन राज्यका विभिन्न नदीमा जल सतह बढेको छ भने केइन राज्यको राजधानी हपा-आन र मोन राज्यको राजधानी मावलामाइन जोड्ने प्रमुख सडकका केही भाग डुबानमा परेका छन् । यसबाहेक याङ्गुन र मावलामाइन बीचका केही रेलमार्ग मङ्गलबार बागो र मावलामाइन बीचको रेलवे ट्र्याकहरूको खण्डहरूमा बाढीका कारण डुबानमा पारेका छन् ।देशको मौसमविज्ञान तथा जलविज्ञान विभागले बुधबार दिउँसो यहाँका छवटा नदीमा खतराको स्तर नाघेको जनाएको छ ।बागो क्षेत्रको मडौक शहर र बागो टाउनसिप, केइन राज्यको ह्पान टाउनसिप र काचिन राज्यको मोगाउङ टाउनसिपमा नदी किनार वा तल्लो क्षेत्रका बासिन्दाहरूलाई सम्भावित बाढीको जोखिमबाट सतर्क रहन मौसम विभागले चेतावनी जारी गरेको छ।बागो निवासी को आय ह्लाले बिहीबार सिन्ह्वालाई प्रत्येक वर्ष बाढीको अनुभव गरे पनि यस वर्षको डुबान लगभग तीन वर्षयताकै सबैभन्दा ठूलो भएको बताएका छन् । मेरो घरको भुइँ तल्ला हाल डुबेको छ।बागोका तल्लो क्षेत्रका केही बासिन्दालाई उच्च क्षेत्रहरूको खोजी गर्दै गुम्बा र आश्रयहरूमा सारिएको पनि उनले बताएका छन् । रासस/सिन्ह्वा
नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा सरु भएको कांग्रेस संसदीय दलको बैठकमा संसद निरन्तर अवरुद्ध भएको र यस्तो अवस्थमा प्रभावकारी भूमिका निर्वाह गर्ने सम्बन्धमा छलफल हुने बताइएको ।