अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताउनुभएको छ । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री महतले सो कुरा भन्नुभएको छ ।
आइतबार आठ वर्ष अवधिको रू १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जिल्लाको साँफेबगर नगरपालिका – ८ चण्डिकाका ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको जानकारी दिनुभयो ।
अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो ।
अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद गङ्गाकुमारी बेल्वासेले संसद् अवरुद्ध हुँदा जनताको आवाज बन्द भएको बताउनुभएको छ ।
कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरदेखि अर्वेनी सडक खण्डको ठूलाखोलामा सडक माथिबाट ठूलो पहिरो खसेका कारण बिहीबार दिउँसोदेखि सडक अवरुद्ध भएको हो ।
अवैध गाँजा र अफिम खेतीको विकल्पमा मकवानपुरको राक्सिराङ गाउँपालिकामा कफी खेती गरिने भएको छ ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १७ घण्टादेखि अवरुद्ध भएको छ । आयोजनाको बागलुङ खण्डमा पहिराले सडक अवरुद्ध बनाएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा बिहीबार साँझ साढे ५ बजे माथिबाट झरेको पहिराले सडक अवरुद्ध भएको हो ।
कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा दश वटा ठूला पहिरो भएको अध्ययनले देखाएको छ ।
कालीकोटको भारपाटामा यती बेला गहुँ पाकेर पहेँलै भएको छन् । पचालझरना गाउँपालिका–३ खार्दुको भारपाटा र गरपाटा क्षेत्रमा किसान गहुँ काट्न र भित्र्याउन व्यस्त छन् ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गर्नुहुने कार्यसूची रहेको छ ।
पाँच वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ भने परीक्षणमै समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारवासीले सहज ढङ्गले खानेपानी पाइने भयो भन्ने आशामा थिए ।
दोलखाको तामाकोसी गाउँपालिका र बैत्यश्वर गाउँपालिका सिमानास्थित गोपीखोलामा बस दुर्घटना भएको छ । बैत्यश्वर गाउँपालिकाको मिर्गेबाट काठमाडौँ आउँदै गरेको बा।२ ख ५४२९ नम्बरको बस गोपीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गर्नुभएको छ । शीतल निवासमा बिहान १० बजे उहाँहरूले राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।