ग्रामीण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरूको चिन्ता व्यक्त गरेका छन् । चिकित्सकहरूले पछिल्लो केही वर्षयता युवाहरू विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका हुन् ।
कर्णाली प्रदेशबाट अख्तियारमा उजुरी बढेको बढ्यै छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका अनुसार गत तीन आर्थिक वर्षमा प्रदेशका १० जिल्लाबाट विभिन्न माध्यमबाट चार हजार ७३४ वटा उजुरी अख्तियारमा दर्ता भएका छन्। आयोगको सुर्खेतस्थित कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा दोब्बर सङ्ख्यामा अनियमितताका उजुरी परेका छन्। आव २०७७/७८ मा एक हजार २८२ वटा उजुरी दर्ता हुँदा आव २०७८/७९ मा एक हजार ४३२ उजुरी दर्ता भएका थिए। गत आव २०७९/८० मा यो सङ्ख्या दोब्बरले बढेर दुई हजार ८२ पुगेको थियो।
पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखिको उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी फोहर बिसर्जनस्थल बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीबार महानगर र फोहर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समितिबीच सहमति भएको हो ।
दाङको घोराहीमा धारिलो हतियार प्रहार गरि फरार रहेका ६ जनालाई प्रहरीले १४ दिनपछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१८ शङ्खे पिपल नजिक साउनको १० गते राती १२ बजे अपरिचित व्यक्तिको खुकुरी प्रहार गर्दा घोराही उपमहानगरपालिका–१३ लाहुरे डाँडा बस्ने १८ वर्षीय तीर्थबहादुर पुन गम्भीर घाइते हुनु भएको थियो ।
कैलालीको कठरिया थारू समुदायका व्यक्ति आफ्नो पुरानो संस्कृति संरक्षणमा जुटेका छन्। समुदायबाट हराउँदै गएको सावनियाँ डोला खेल्ने संस्कार जोगाउन जुटेका हुन्। लोपोन्मुख अवस्थामा पुगेको सावनियाँ डोला पछिल्लो समय कठरिया गाउँमा देखिन थालेको कठरिया समाज नेपालका महासचिव सुवेश कठरियाले बताउनुभयो। “पहिले प्रायः सबै गाउँमा सावनियाँ डोला हुन्थ्यो,” उहाँले भन्नुभयो, “बिचमा लोप हुने अवस्थामा पुगेपछि युवा क्लबदेखि गाउँका भद्रभलाद्मी यसलाई जोगाउनका लागि जुर्मुराएका छन्।”कठरिया समुदायको पचैँया पर्वको अवसरमा सावनियाँ डोला खेल्ने गरिन्छ।
बागमती प्रदेश सरकारले स्थापनाको साढे पाँच वर्ष बितिसक्दा पनि व्यवस्थित स्थायी संरचना बन्न सकेको छैन । स्थायी संरचना नबन्दा मन्त्रालय, मन्त्री र पदाधिकारीको सरकारी निवास भाडाबापत करोडौँ रुपियाँ खर्च हुने गरेको छ । अधिकांश मन्त्रालय र निकाय तत्कालीन अवस्थामा खारेजीमा परेका सरकारी भवनबाट सञ्चालन भइरहेका छन् ।
मध्यपश्चिम विश्वविद्यालयले करार सेवा अन्तर्गत १३ जना कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएको छ। साउन १८ गते सूचना प्रकाशित गरेर उपप्राध्यापकदेखि सहायक तहसम्मका लागि आवेदन आह्वान गरेको हो। उक्त सूचना प्रकाशित भएसँगै विश्वविद्यालयमा विवाद सिर्जना भएको छ। विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै करार नियुक्तिको विरोध गरेका छन्।
ङको लमहीमा पूर्व पश्चिम राजमार्गदेखि पाँच सय मिटर उत्तरतर्फ फोहोर फाल्ने गरिन्छ। धेरै फोहोर जम्मा भयो भने फोहोरमै आगो लगाइन्छ। जब फोहोरमा आगो लगाइन्छ, आगोको धुवाँले लमही बजार धपक्कै ढाकेको हुन्छ। फोहोरमा लागेको आगोको धुवाँले निसासिने, आँखा पिरो हुने, आँखा चिलाउने जस्ता समस्या हुने गरेका छन्। यो समस्या लमहीका स्थानीयले लामो समयदेखि भोग्दै आइरहेका छन्।
जिल्ला कारागार रौतहटमा क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका कारण दिनचर्या कठिन बनेको छ । जसले गर्दा भवन थप्न वा बढाउनु जरुरी छ । करिब दुई सय जनाको क्षमता रहे
घोराहीको धारापानीस्थित प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिरमा गङ्गा आरती लगाउन थालिएको छ। उक्त आरती हेर्न भक्तजन तथा दर्शनार्थीको बाक्लै भिड लाग्ने गरेको छ। यस मन्दिरमा बृहत् पुरुषोत्तम माहात्म्य प्रवचन एवं शृङ्गारिक महाआरती बोलबम महोत्सव आयोजना गरिएको छ। साउन महिनामा हुने मलमासको समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव पाण्डवेश्वर महादेव मन्दिरमा पहिलो पटक सञ्चालन भएको हो । साउन २ गतेदेखि मन्दिरमा साँझ नियमित रूपमा शृङ्गारिक गङ्गा आरती, मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठलगायतका कार्य भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारीले बताउनुभयो।
युवा सांसदहरुले युवाका लागि बनेका कानुन कार्यान्वयनमा समस्या रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘युवा र उद्यमशीलता बहस’ कार्यक्रममा उहाँहरूले युवाका नीति कार्यान्वयन नहुँदा युवाको क्षेत्रमा काम हुन नसकेको बताउनुभयो ।
नारायणघाट–बुटवल सडकखण्ड विस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठदाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनले असन्तुष्टि जनाएका छन्। सडक विस्तारका क्रममा काटिएका काठदाउरा लामो समयसम्म स्थानीय सामुदायिक वनमा घाटगद्दी गरेर राखिएको थियो। कटान गरी घाटगद्दी गरेर राख्ने बेला प्रक्रिया पु-याएर स्थानीय सामुदायिक वनलाई दिने भनिएको भए पनि निकुञ्जले गत असार २५ गते २१ दिनको म्याद राखेर लिलामको सूचना निकालेको थियो।
बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न पाउँदैनन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सामुदायिक वनको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
रोजगारीको सिलसिलामा दक्षिण कोरियामा पाँच वर्ष बसेर फर्किएका एक युवाले रुपन्देहीमा लोभलाग्दो बङ्गुरपालन गरेका छन् । रुपन्देहीको तिलोत्तमा–१५ का रोहितसिंह आलेले यसअघि कम्प्युटर इन्जिनियर भए पनि कोरिया पुगेर सिकेको सिपलाई स्वदेश फर्केपछि उद्यममा उतार्नुभएको छ ।