उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपदमा परी बिहीबारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिए अनुसार अविरल वर्षा र भीषण बाढीले प्रदेशका ११० जिल्लाका विभिन्न शहरहरूमा व्यापक क्षति पु¥याएको छ ।
गोकर्ण पौडेल तुलसीपुर, साउन २६ गते । तुलसीपुर– १ को ठाँटीगाउँदेखि बजारसम्म आउनका लागि करिब १२ किलोमिटर यात्रा गर्नुपर्थ्याे । तर वडा नम्बर १ र ३ जोड्ने भमके खोलामा पुल बनेपछि दूरी घटेको छ । पुल बनेपछि ठाँटीगाउँबाट वडा नम्बर १ र वडा नम्बर ३ को भट्टे हुँदै तुलसीपुर बजारसम्म आउन सहज हुने भएको छ । सल्यान जिल्लाको लुहाम पुग्नका लागि अब दूरी घट्ने भएको छ । तुलसीपुरको अश्वार हुँदै भट्टे, कालीमारे, मखनटाकुरी हुँदै सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका लुहाम जोड्ने सडकखण्ड अन्तर्गत भमके खोलामा पुल नहुँदा वर्षायाममा यात्रा गर्नका लागि सहज भएको छ । तुलसीपुर उपमहानगरपालिका – ३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माका अनुसार त्यस सडकखण्डमा पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहज भएको छ । तुलसीपुरबाट सल्यान जिल्लामा पुग्नका लागि तीन वटा सडक छन् । वडाध्यक्ष विश्वकर्माले राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरकोट सडकखण्ड पहिरोका कारण निकै जोखिममा रहेकाले यस सडकखण्ड सल्यानका पुग्नका लागि छोटो र वैकल्पिक मार्गका रूपमा प्रयोगमा सकिने बताउनुभयो । उहाँले पुल निर्माण भएपछि सल्यान जिल्लामा पुग्ने यात्रुका लागि अब वर्षायाममा समेत यात्रा गर्न सहज भएको जानकारी दिनुभयो । वडा नम्बर १ का वडाध्यक्ष हुमकान्त सापकोटाले पुल निर्माण भई सञ्चालनमा आएपछि वर्षायाममा आवतजावत गर्न हुने कठिनाइ समाधान भएको बताउनुभयो । त्यस्तै, तुलसीपुरको वडा नम्बर ९ दोघर्रे, प्रतापकोट हुँदै सल्यानको फलावाङसम्म पुग्नका लागि सडक छ । सल्यान जिल्लामा तुलसीपुरबाट पुग्नका लागि दूरीका दृष्टिकोणले सबैभन्दा कम दूरीको सडकखण्ड दोघर्रे प्रतापकोट सडक खण्ड छ । उक्त सडकबाट सल्यान, रुकुम र जाजरकोटसम्म पुग्न सकिन्छ । तुलसीपुर उपमहानगरपालिकाको दुई करोड ६४ लाख ५८ हजार ९६८ रुपियाँको लागतमा भैरव निर्माण जेभीले पुलको निर्माण गरेको हो ।
पाँच वर्षभित्रमा गण्डकी प्रदेशका एक लाख २९ हजार सात सय ९४ घरधुरीमा खानेपानीका धारा जडान गरिएको छ । गत आवमा मात्र २१ हजार चार सय ७४ निजी धारा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।
विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने छ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिनुभएको थियो । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्नुभयो ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो ।
संविधान कार्यान्वयनमा आएको आठ वर्ष बित्न लाग्दासमेत त्यसको व्यवस्थाअनुसार अन्तर प्रदेशमा चल्ने सवारी साधनको अनुमति दिने काम पूर्णरुपमा केन्द्रमा आउन नसकेको हो । बाटोको अनुमति पहिलेदेखि नै यातायात व्यवस्था कार्यालयले दिँदै आएकाले अहिले पनि दिइरहेको र व्यवसायी पनि सेवा लिन जाने गरेको सवारी जाँच केन्द्रका प्रमुख मणिराम भुसालले बताउनुभयो ।
सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दूबोसहितको फूल बगँैचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येका कक्षामा विद्यार्थीका लागि घुम्ने कुर्ची ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरुपण हुने बताउनुभयो ।
सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रमअन्तर्गत उक्त कार्ड वितरण गर्न लागिएको उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले बताउनुभयो । “वडा नं ११ मा हामीले सुरु गरेका छौँ, अन्य वडामा पनि सुरु भइरहेको छ”, उहाँले भन्नुभयो, “यो अभियान तीव्रताका साथ अघि बढाएका छौँ ।”
हिउँद होस् या बर्खा । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल खाली नै हुँदैन । कालिगण्डकी नदिमाथि निर्माण भएको विश्वकै लामो भनेर जिकिर गरिएको झोलुङ्गे पुलमा पछिल्लो समय दैनिक पर्यटकको आगमन बढ्दै बढ्न थालेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ‘प्रदेश सरकारको प्रतिबद्धता’ पत्र सार्वजनिक गर्दै उहाँले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाएर यसको सुदृढ जगमा प्रदेश संरचनाको आवश्यकता र महत्व आम जनतामाझ अनुभूति गराउने प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ । मौलिक संस्कृति र कला लोप हुँदै जान थालेपछि समुदायका बालबालिका र युवाहरुलाई धिमे बाजा बजाउने प्रशिक्षण दिन थालिएको छ ।
कालीकोटमा पछिल्लो समय सामुदायिक विद्यालय प्रति विद्यार्थीको आकर्षण बढेको छ । कुनै बेला सरकारी विद्यालयमा भन्दा संस्थागत विद्यालयमा बढ्दै गएको आकर्षण पछिल्लो समय घट्दै जाँदा सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा एमालेले अवरोध कायम राखेको हो ।