आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आजियटाले देशका विभिन्न ठाउँमा ३३८ वटा नयाँ मोबाइल टावर जडान गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा मात्रै सो सङ्ख्यामा टावर जडान गरेको हो । थपिएका टावरबाट फोरजीको पहुँच बढ्ने एनसेलले जनाएको छ । फोरजी सेवाको पहुँचबाट स्थानीयलाई लाभ प्रदान गर्न पहिलो पटक सेवा विस्तार गरिएका नयाँ स्थानमा हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँ पर्ने कम्पनीले उल्लेख गरेको छ । पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ स्थानमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गा गाउँपालिका (खोटाङ) का ग्रामीण इलाकाहरू र इनरुवा नगरपालिकाका नयाँ स्थान पर्ने एनसेलले जनाएको छ ।
कृषि विकास कार्यालय हुम्लाले काँचो स्याउ नटिप्न किसानलाई आग्रह गरेको छ । स्याउ नपाक्दै किसानले दाना टिपेर प्रयोग गर्ने र बिक्रीसमेत गर्न थालेपछि कृषि विकास कार्यालयले यस्तो आग्रह गरेको हो । सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँका सूर्यबहादुर शाहीले यति बेलै काँचो स्याउ टिपेर खाने तथा बिक्री गर्न सुरु भएको बताउनुभयो । उहाँले गोठी गाउँमा स्याउ राम्रै फलेका कारण स्थानीयस्तरमा बिक्री मात्र हुने नभई सर्केगार्डसम्म यातायात सेवा जोडिएका कारण जिल्लाबाहिर निकासी हुने सम्भावना पनि उत्तिकै रहेको चिन्ता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य विषय अध्ययनका लागि बिदेसिनुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्नो कार्यकाल एक सय दिन पूरा गर्नुभएको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
आउँदो तीन दिन देशका विभिन्न भेगमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन विभिन्न सरोकारवाला निकायलाई जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ। विशेष मनसुन बुलेटिन जारी गर्दै नेपालमा दुईथरी न्यूनचापीय प्रणालीको असरका कारण तीन दिन भारी वर्षा हुने विभागले जानकारी दिएको छ। मनसुनको मुख्य न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको छ। त्यो रेखा केही दिन अझ नजिक सर्दा भारी वर्षा दोहोरिने सम्भावना उच्च छ। यसका साथै भारतको विहारको उत्तरपश्चिम भूभाग तथा आसपासमा रहेको अर्को न्यूनचापीय प्रणालीको प्रभाव उच्च रहेको छ। मौसमविद् वरुण पौडेलका अनुसार केही दिनयता सक्रिय रहेको मनसुनी वर्षा तुलनात्मक रूपमा शनिबार रातिदेखि अझ भारी हुने सम्भावना रहेको छ। पौडेलले भन्नुभयो, “मनसुन सक्रिय रहँदा कहिले भारी र कहिले अलिक कम वर्षा हुने क्रम चल्छ, त्यसै क्रममा फेरि भारी वर्षाको चक्र सुरु हुन थालेको हो।”
जनमत पार्टी आइतबार सरकारमा सहभागी हुने भएको छ । नेकपा (माओवादी केन्द्र) ले लिएका मन्त्रालयमध्ये एकबाट माओवादीका मन्त्रीको स्थानमा जनमत पार्टीबाट मन्त्री बनाइने भएको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतले एक महिनाअघि नै प्रतिनिधि सभामा उक्त पार्टीका समानुपातिक सदस्य अनितादेवी साहलाई मन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिफारिस गर्नुभएको थियो ।
काठमाडौँ, साउन २६ गते । प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्ट निजी क्षेत्रका शैक्षिक संस्थाका सञ्चालकले पूर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आफूहरुसँगको परामर्शबिना गुठीमा रुपान्तरणको विषय आएकोमा आन्दोलनको घोषणा भएकोमा सरकारका उच्चपदस्थ पदाधिकारीसँगको मौखिक सहमतिमा उहाँहरुले आन्दोलन फिर्ता लिनुभएको हो । उपप्रधानमन्त्री एवं रक्षमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ड अर्याल, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटासहितको उपस्थितिमा आफूहरुसँग भएको वार्तामा सो सहमति भएको जनाइएको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गाना, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन)का अध्यक्ष पाण्डव हमाल, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) अध्यक्ष रमेश सिलवालले आज संयुक्त विज्ञप्ति जारी गरी विद्यालय बन्दसमेतका आफ्ना विरोधका कार्यक्रम स्थगन गरिएको जनाउनुभएको हो । रासस
गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोकस्थित पल्लोटारमा शुक्रबार फेला परेको अजिङ्गर ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी योजना र अन्य महत्त्वपूर्ण योजनाहरूमा युद्धस्तरमा काम गर्न निर्देशन दिनुभएको छ ।
चितवन, साउन २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आउनुभएको छ । प्रधानमन्त्री दाहाल आज साँझ चितवन आइपुग्नुभएको हो । प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहाल दुई दिनसम्म चितवनमा रहनुहुनेछ । प्रधानमन्त्री दाहालको आज साँझसम्म पारिवारिक भेटघाट बाहेक अन्य कार्यक्रम तय नभएको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहाल शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्नु हुनेछ । श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री दाहाल पहिलो पटक चितवन आउनुभएको हो । रासस
अव्यवस्थित सडक (फुटपाथ) व्यापारमा काठमाडौँ महानगरपालिकाले कडाइ गरेसँगै यस्तो व्यवसाय गरिरहेका अधिकांश व्यक्तिको दैनिक जीवनयापनमा समस्या देखिएको एक अध्ययनले देखाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सचेतनालाई प्रभावकारी तुल्याउनुपर्ने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, सूचना तथा सञ्चार प्रविधिमा महिला समितिका पदाधिकारी तथा सदस्यसँगको भेटमा उहाँले
जिल्ला अदालत काठमाडौँले नक्कली शैक्षिक प्रमाणपत्र प्रकारणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
खानेपानी मन्त्री महिन्द्राराय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा नेपालका तर्फबाट नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालस्थित भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गर्दैै