गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले हुलाक टिकटले देशको सभ्यता झल्किने बताउनुभएको छ। पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले हुलाक टिकटमार्फत देश चिनाउन सफल भएको बताउनुभएको हो।
कोभिडको सङ्क्रमण बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ । यसका लागि प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ। समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ। बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जन स्थलहरूका मास्क अनिवार्य र स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ।
पछिल्लो समय वर्षायामसँगै बाँके जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रममा तीव्रता देखिएको छ। जिल्लाको कोहलपुर, नेपालगञ्ज, राँझा र खजुरा क्षेत्रमा वृक्षरोपण दिनहुँ भइरहेको छ। कोहलपुर क्षेत्रमा वृक्षरोपण गर्नका लागि सब–डिभिजन वन कार्यालय कोहलपुरले २७ हजार आठ सय बिरुवा वितरण गरेको छ। स्थानीय क्षेत्रमा बढीभन्दा बढी वृक्षरोपण गरी वातावरण जोगाउन तथा हरियाली बढाउन निःशुल्क रूपमा बिरुवा वितरण कार्यलाई तीव्रता दिइएको वन कार्यालय कोहलपुरका रेन्जर मानबहादुर थापाले बताउनुभयो। उहाँले कोहलपुरबाट विभिन्न आठ प्रजातिका बिरुवाहरू वितरण गरिएको जानकारी दिँदै वृक्षरोपण कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाइएको बताउनुभयो।
बाँदर आतङ्कले गुल्मीका किसान हैरान भएका छन् । जिल्लाका अधिकांश ठाउँमा बाँदरले मकै खाइदिने गरेको छ । बिहानदेखि बेलुकीसम्म बारीमै बसे पनि मकै जोगाउन मुस्किल परेको रेसुङ्गा नगरपालिका–र ९ उपल्लो तम्घासकी सीता मरासिनीले गुनासो गर्नुभयो । दुःख गरेर मकै लगाइयो, पाक्ने बेला बाँदरले खान थाल्यो, घरमा ल्याउन पाइने हो कि होइन भन्ने चिन्ता लागेको गुनासो उहाँको छ । धुर्कोट गाउँपालिका–४ जैसिथोक, सत्यवती–२ को चेहमी, पाहादी, सत्यवती–१ को अश्लेवा, चौरलगायतका दर्जनौँ ठाउँमा बाँदरले हैरानी पारेको छ ।
बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाताल भूमेश्वरसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको २५ लाख रुपियाँ आर्थिक सहयोगमा पाँच सय मिटर ढलान गरिएको पक्की बाटो निर्माण गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ एक वर्षदेखि प्रक्रियामै थन्किएका छन् । यी दुई विधेयकलाई प्रदेश सरकारले २०७८ सालमा प्रदेश सभामा दर्ता गरेको थियो । दुवै विधेयक प्रदेश मामिला तथा विधायन समितिमा थन्किएको छ । दफावार छलफल भई प्रतिवेदनसमेत तयार भइसकेको विधेयक प्रदेश सरकारको राय र सङ्घीय ऐन नआएका कारण समितिमै रहेको जनाइएको छ ।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासको काममा वन मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ। भरतपुर महानगरपालिकाको सभाहलमा आइतबार आयोजित विकास बहसमा मन्त्री यादवले कानुनी जटिलतालाई समाधान गर्दै विकासलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले स्थलगत रूपमा अध्ययन गरी समस्याको वैकल्पिक समाधान खोज्ने गरेको बताउनुभयो। उहाँले चितवनको विकासमा वनले पारेको असरका विषयमा ध्यान गएको उपयुक्त तरिकाबाट निकास खोजिने जानकारी दिनुभयो।
सुर्खेतको वीरेन्द्रनगरबाट अवैध खनिज पदार्थ (काईनेटिक ढुङ्गा)सहित आइतबार एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीय दिपकबहादुर बस्नेत रहेको छ ।
सन् २०२२ लाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय दिगो पर्वतीय वर्ष घोषणा गरेको छ। यो घोषणाले नेपालजस्ता हिमाली तथा पर्वतीय मुलुकलाई विश्व तापमान वृद्धिका अतिरिक्त जलवायु परिवर्तनका मुद्दा तथा यसबाट अर्थतन्त्रमा परिरहेको प्रतिकूल प्रभावको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न राम्रो अवसर प्राप्त भएको छ। बढ्दो तापमान तथा जलवायु परिवर्तनको मुद्दा नेपालको एकल मुद्दा नभई विश्वमा रहेका तमाम हिमाली तथा पर्वतीय मुलुकको साझा चिन्ता एवं चासोको विषय हो। संसारभरि पर्वतीय मुलुकको सङ्ख्या ९४ तथा हिमाली मुलुकको सङ्ख्या आठ वटा रहेको छ, नेपाल पर्वतीय र हिमाली दुवै मुलुकको वर्गीकरणमा छ।
संविधान देशको मूल कानुन हो। नागरिकका अधिकार र कर्तव्यका साथै शासन व्यवस्था सञ्चालन गर्न सरकारलाई संविधानले नै मार्गदर्शन गरेको हुन्छ। नेपालको संविधानको भाग ३ मा व्यवस्था गरिएको मौलिक हकअन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था छ। धारा ३१ को पाँच वटा उपधारामा शिक्षालाई नागरिकको आधारभूत अधिकारको रूपमा सुनिश्चित गरिएको छ।
दक्षिणी छिमेकी भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ। भारतको यस सर्वोच्च नागरिक पदमा पुग्ने उहाँ पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति हुनुभयो। मुर्मूलाई जितको निम्ति पाँच लाख ७७ हजार भोट सजिलै प्राप्त भयो जबकि उहाँका निकटतम प्रतिद्वन्द्वी भारतका भूतपूर्व विदेशमन्त्री यशवन्त सिन्हालाई दुई लाख ६१ हजार भोट प्राप्त भयो। विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारत आफ्नो स्वतन्त्रताको ७५औँ वर्ष (अमृत महोत्सव) मनाइरहेको छ। यस्तोमा एक आदिवासी महिला राष्ट्रपतिको पदमा निर्वाचित हुनु सामान्य उपलब्धि होइन। वर्तमान राष्ट्रपति रामनाथ कोविन्द दलित समुदायबाट आउँछन्। विगत साढेसात दशकमा भारतले तीन–तीन मुस्लिम राष्ट्रपति, दुई महिला, दुई दलित, एक आदिवासी र एक धार्मिक अल्पसङ्ख्यक शिख समुदायबाट राष्ट्रपतिको पदमा विराजमान गराएको छ। तमिलनाडुदेखि लिएर पश्चिम बङ्गालसम्मकालाई पनि प्रतिनिधित्वको अवसर प्राप्त भएको छ।
विगत तीन दशकलाई हामीले नियालेर हे-यौँ र मूल्याङ्कन ग-यौँ भने यसबाट भेटिने तथ्य धेरै होलान्। तीमध्ये देशको विकास भनेको सडक निर्माण, व्यक्तिगत समृद्धि भनेको निजी सवारीसाधनको उपयोग भन्ने बुझाइको बाहुल्यता, हरेक तहका नागरिकका लागि वैकल्पिक उर्वर गन्तव्य विदेश अनि राज्यका लागि विप्रेषण एक प्रमुख आर्थिक स्तम्भका रूपमा स्थापित हुन पुगेको छ। आजको दिनमा उभिएर मूल्याङ्कन गर्ने हो भने माथि उल्लेख गरिएका सबैजसो परिस्थिति चुनौतीपूर्ण बन्दै गएका छन्। राज्यका तीन तहका सरकारले हरेक वर्ष विनियोजन गर्ने बजेटमध्येको उल्लेख्य अंश विभिन्न खाले सडकको अध्ययन, निर्माण, मर्मत र सञ्चालनमा छुट्याउनु परेको छ। कुनै पेसा र व्यवसाय बनाएका हरेक नागरिकले आफ्नो आम्दानीको उल्लेख्य अंश दैनिक यातायात व्यवस्थापनमा छुट्याउनु परेको छ।
समयको परिवर्तन सँगसँगै मानवीय जीवनशैली, रहनसहन र आवश्यकता परिवर्तन हुँदै गएका छन्। विशेषगरी विज्ञान र प्रविधिको द्रुततर विकासले मानव जीवनसँग सम्बन्धित हरेक क्षेत्रमा प्रभाव पारेको देखिन्छ। मानिसले दैनिक जीवनमा प्रयोग गर्ने वस्तु तथा सेवादेखि शिक्षा, स्वास्थ्य, विभिन्न उद्योग, कलकारखानामा समेत विज्ञान र प्रविधिको विकासले भारी परिवर्तन ल्याएको छ। यति मात्र होइन, हातमा बोकी हिँड्ने फोनदेखि बसोवास गर्ने गाउँ, सहरसम्मलाई नयाँ प्रविधि र प्राविधिक विकासको सहायताले ‘स्मार्ट’ बनाउने होडबाजी नै चलेको देखिन्छ। उदीयमान नयाँ प्रविधिहरू दिनचर्याको महत्त्वपूर्ण भाग बनिरहेका छन्। जस्तै– स्मार्ट फोन, स्मार्ट सहर, स्मार्ट गाँउ, स्मार्ट पर्यटन आदि। यसको असर कृषि क्षेत्रमा पनि परेको देखिन्छ। कृषि उत्पादन, वितरण, बजारीकरणजस्ता क्षेत्रमा समेत प्रविधिको प्रयोग गरी स्मार्ट कृषिको अवधारणा विकसित हुँदै गएको छ। सामान्यतया स्मार्ट कृषिले परम्परागत कृषि प्रणालीबाट नयाँ आधुनिक प्राविधिमैत्री कृषि उत्पादन प्रणालीत
मुलुुकमा कतिवटा बीमा कम्पनी आवश्यक छ भन्ने विषयमा नियामक निकाय बीमा समितिले अध्ययन सुरु गर्ने भएको छ । अहिले देशमा कतिवटा बीमा कम्पनीको आवश्यकता छ । कतिवटा कम्पनी हुँदा पुग्छन् भनी कुनै अध्ययन छैन । चालू आर्थिक वर्ष २०७९/८० मा नेपालमा कति बीमा कम्पनीको आवश्यकता छ भन्ने विषयमा अध्ययन गर्न लागेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो । पछिल्लो समय बीमा कम्पनीहरू मर्जरमा गइरहँदा के कति कम्पनी आवश्यक हुन्छ भन्ने चर्चा चलेपछि सो अध्ययन सुरु हुने भएको छ ।
चितवनको भरतपुर केन्द्रीय अस्पतालले आइतबारबाट ओपीडी सेवा निःशुल्क गरेको छ। भरतपुर अस्पताल विकास समितिले शुक्रबार निर्णय गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी टिकटमा लाग्दै आएको सेवा शुल्क मिनाहा गरेको हो। अस्पतालले ओपीडी टिकटमा ३० रुपियाँ शुल्क लिँदै आएको थियो। महिला र स्वास्थ्य बीमा भएकालाई ओपीडी टिकट पाँच वर्षदेखि निःशुल्क थियो। बाँकी बिरामीलाई पनि आइतबारदेखि निःशुल्क गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो।