कैलालीको घोडाघोडी नगरपालिका – २ साँडेपानीमा रहेको चिडिया ताल उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । पूर्ब–पश्चिम राजमार्ग देखि करिब ३०० मिटर उत्तरमा रहेको चिडिया ताल चिडिया सामुदायिक वन क्षेत्रमा अवस्थित छ । तालको वरपर अन्य साना ठूला गरी १२ वटा ताल समेत छन् ।
यहाँ मङ्कीपक्सका एकजना बिरामी फेला परेका छन् । राजधानी शहरमा यो रोगका बिरामी पहिलोटक भेटिएका हुन् । योसँगै मङ्कीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ ।
गुल्मीमा ७१ वर्षको उमेरमा धुर्कोट गाउँपालिका वडा नम्बर ५ का कमला कुमालले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट आइतबार नागरिकता प्राप्त गर्नुभएको छ।
मौद्रिक नीति सार्वजनिक भएपछिको शेयर बजारमा उत्साह देखिएको आइतबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । मौद्रिक नीति आउने दिन शुक्रवार गिरावट आएको नेप्से मौद्रिक नीतिपछि उच्च अङ्कले बढेको हो । आइतबार नेप्से परिसूचक ६१.०५ अङ्कले बढेर २०७८.५१ बिन्दुमा पुगेको छ ।
नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला (पन्त)ले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको असंलग्न परराष्ट्र नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद रावलले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताउनुभयो ।
काठमाडौं, साउन ८ गते। प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले सङ्घ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ। आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पण्डितले संघीय चुनावको मिति घोषणा गर्न माग गर्नुभएको हो। उहाँले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। निर्वाचन नगरी गठबन्धन टिकाउनका लागि मिति घोषणा नगरेको आरोपसमेत उहाँको छ। ‘‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ? गठबन्धनको गाँठागुँठी नमिलेर हो कि ? चुनाव नगराउने मनसायले गठबन्धन लामो समय टिकाउनको निम्ति हो कि जनता जान्न चाहन्छन्। म सरकारसँग माग गर्न चाहन्छु’’, पण्डितले भन्नुभयो। बाल विकासको उचित व्यवस्थापन भएन : विद्या भट्टराई प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सरकारले बालविकासको उचित व्यवस्थापन गर्न नसकेको बताउनुभएको छ। उहाँले बालविकासमा कार्यरत सहयोगी कार्यकर्तालाई निर्धारित तलब सरकारले नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले भन्नुभयो, ‘‘बाल विकासको उचित व्यवस्थापन सरकारले हालसम्म पनि गर्न सकेको छैन। २०७८÷७९ मा बाल विकासमा कार्यरत सहयोगी कार्यकर्ताको मासिक तलव न्यूनतम १५ हजार सरकारले निर्धारण गरे पनि हालसम्म निर्धारण गरे अनुसार उहाँहरुले तलब प्राप्त गर्नुभएको छैन। पाँच बजेसम्म काम गर्नुपर्ने अवस्था छ। बालविकासमा कार्यरत शिक्षक, कर्मचारी र सहयोगी कार्यकर्तामाथि राज्यले विभेद गरेको छ।’’प्रतिनिधिसभा सदस्य बिनाकुमारी श्रेष्ठले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्गको ड्राइभर टोल खण्डमा सडकको किनारामा राखिएको बुद्ध मूर्ति तोडफोड गरिएको भन्दै निन्दा र भर्त्सना गर्नुभयो। उहाँले सो कार्य आपत्तिजनक भए पनि प्रशासन मौन बसेको भन्दै आपत्ति जनाउनुभएको हो। प्रतिनिधिसभा सदस्य बिनादेवी बुढाथोकीले राष्ट्रिय भूमि आयोगले काम, कारबाही सुस्त गरेको बताउनुभयो। उहाँले जग्गाको नापी भइसकेको स्थानमा जग्गा धनी पुर्जा वितरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।प्रतिनिधिसभा सदस्य विमला विश्वकर्माले मिर्गौला र क्यान्सर पीडितलाई मासिक पाँच हजार रुपैयाँ दिने प्रतिबद्धता कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो।प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले मुक्त कमैया र मुक्त कमलरीको हालसम्म यथोचित पुनः स्थापना नभएको भन्दै पुनःस्थापना गर्न माग गर्नुभयो। उहाँले सरकार र मुक्त कमलरीबीच भएको दश बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न माग गर्नुभयो। प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले नेपाली कांग्रेसको नेतृत्वको सरकारले वि.सं.२०४८ सालमा निजीकरण गरिएको उद्योग कस्तो अवस्थामा छ सो को संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गर्नुभयो।प्रतिनिधिसभा सदस्य सत्य पहाडीले सामाजिक सुरक्षा भत्ता लिन पालिकाको केन्द्रसम्म जानुपर्ने अवस्था कतिपय ठाउँमा कठिन भएका कारण वडामै घुम्ती बैंकिङ सेवामार्फत दिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।प्रतिनिधिसभा सदस्य समिना हुसेनले मधेस प्रदेशमा महिला हिंसा र हत्याको घटना बढेको उल्लेख गर्दै अपराधी र दोषीलाई कानुनी कारबाही गर्न माग गर्नुभयो।प्रतिनिधिसभा सदस्य हीरा गुरुङले द्वन्द्व पीडितको समस्या समाधान गर्न ठोस योजना ल्याउन सरकारसँग माग गर्नुभयो। उहाँले राजनीतिक परिवर्तन गर्न भूमिका खेल्ने द्वन्द्व पीडितको मन नदुखाउन पनि आग्रह गर्नुभयो।
नेपाल प्रेस युनियनको अध्यक्ष पदमा शिव लम्सालले अग्रता लिनुभएको छ । हेटौंडामा शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदका लागि शिव लम्साल र अनिता विन्दुले उम्मेदवारी दिनुभएको थियो ।
झापाको कचनकवल गाउँपालिका–५ स्थित सुनकोशी चिया बगान नजिक रहेको रुखमा तीनजना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् ।
इङ्लिस प्रिमियर लिगको प्रिसिजनको मैत्रीपूर्ण खेलमा आर्सनलले बलियो प्रतिद्वन्द्वी चेल्सीमाथि फराकिलो जित निकालेको छ । अमेरिकामा आइतबार बिहान खेलिएको खेलमा आर्सनलले चेल्सीलाई ४–० गोलले हरायो ।
मधुश्रावणी पर्वको अवसरमा आयोजित मैथिली गीत प्रतियोगीतामा मैथिल भाषाकी गायिका मुनचुन देब झा ‘प्रिया’ पुरस्कृत हुनुभएको छ । प्रत्येक वर्ष मधुश्रावणी पर्वको अवसरमा प्रदान गरिदै आएको प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाद्वारा स्थापित उर्मिला झा स्मृति पुरस्कारबाट यस वर्ष तिरहुत गाउँपालिका –१ की प्रिया पुरस्कृत हुनुभएको हो ।
सरकारले सन् २०२३/२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गरेको छ ।
जिल्ला समन्वय समिति बाजुराको प्रमुखमा नेकपा एमालेका तुलसीराम रोकाया निर्वाचित हुनुभएको छ । त्यसैगरी, उपप्रमुखमा पनि नेकपा एमालेकै लाछु सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतरा निर्विरोध निर्वाचित हुनुभएको हो ।
साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृतिग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्राडा. टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याललगायतले शनिबार सो कृतिको लोकार्पण गर्नुभयो ।