• २८ पुस २०८१, आइतबार

नेप्से परिसूचक ६१.०५ अङ्कले वृद्धि

blog

काठमाडौं, साउन ८ गते । मौद्रिक नीति सार्वजनिक भएपछिको शेयर बजारमा उत्साह देखिएको आइतबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।

मौद्रिक नीति आउने दिन शुक्रवार गिरावट आएको नेप्से मौद्रिक नीतिपछि उच्च अङ्कले बढेको हो । आइतबार नेप्से परिसूचक ६१.०५ अङ्कले बढेर २०७८.५१ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.०९ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ४.०८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३९ अङ्क बढेको छ ।

आज कारोबारमा आएका २१९ कम्पनी ६४ लाख २३ हजार १४६ कित्ता शेयर दुई अर्ब ७३ करोड नौ लाख २७ हजार २९७ रुपियाँ बराबरको कारोबार भएको छ । नेप्सेसँगै कारोबार रकम वृद्धि भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ७.२२ प्रतिशतले बढेको छ । त्यस्तै, अन्य उपसमूह ६.९३ प्रतिशत, विकास बैंक ५.१ प्रतिशत, माइक्रोफाइनान्स र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ ।

आइतबार कारोबारमा आएका सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टिपर्पोज फाइनान्सको मूल्य सकारात्मक सर्किट लेभलमा भएको छ । स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य ९.६ प्रतिशत बढको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट ३९ करोड ७१ लाख रुपियाँको कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्सको छ करोड ८२ लाख र हिमालनय डिस्टिलरीको ६ करोड ६० लाख रुपियाँको कारोबार भएको छ ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले शेयर धितोमा एउटा बैंकबाट लिन पाउने अधिकतम ऋणको सीमा चार करोडलाई हटाएर एउटा वा सबैबाट अधिकतम १२ करोडसम्मको सीमा कायम गरेको छ । त्यस्तै, २५ लाखभन्दा मुनिको शेयर ऋणमा जोखिमभार १५० बाट घटाएर एक सय कायम गरेको छ ।