धकुटामा वन कार्यलयमार्फत प्राप्त हुने राजस्वमा बितेको आर्थिक वर्ष २४२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० मा २६ लाख ७१ हजार दुई सय ४५ रुपियाँ प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/०८१मा भने सो बढेर ९१ लाख ४९ हजार सात सय ४६ रुपियाँ प्राप्त भएको छ ।
आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई पाँच-पाँच लाख क्षतिपूर्ति दिइने बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बत्रुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित रहेको बताउनुभएको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।
सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताउनुभएको छ ।
नेकपा (एमाले) सांसद तारा लामा तामाङले असोज अन्तिम साताको बाढीपहिरोले पुर्याएको क्षतिको स्थलगत अनुगमन गर्न सरकारसँग माग गर्नुभएको छ ।
वनकर्मीले अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बर्दिवास –३ गौरीडाँडास्थित स्कुल टोलका ६० वर्षीय ढालबहादुर कार्कीलाई साखुको ७ थान चिरान काठसहित पक्राउ गरेको सवडिभिजन वन कार्यालय माईस्थानले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले आफ्नो पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई अपमान गरिएको र यो विगतमा भएका सहमति सम्झौता तथा संविधानको मूल मर्मविपरीत रहेको बताउनुभएको छ ।
रौतहटको परोहा नगरपालिकाले नगरवासीलाई खाना पकाउने एलपी ग्यास चुल्होको सेट निःशुल्क वितरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गर्नुभएको छ ।
कैलाली प्रहरीले चार लाख २३ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट सो सामान बरामद गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गर्नुभएको ‘प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएको छ ।