• ११ असोज २०८१, शुक्रबार

नक्कली ऋणीहरूको बिगबिगीले सहकारी समस्यामा : सभापति थापा

blog

सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले प्रतिवेदन विषयमा संसद् बैठकलाई जानकारी गराउनुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ३१ गते । सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताउनुभएको छ । 

प्रतिनिधि सभा बैठकमा आज समितिको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । सहकारी समस्या समाधानका लागि समितिले हरप्रयास गरी प्रतिवेदन तयार गरिएको बताउनुभयो । उहाँले संसदमा सो प्रतिवेदन पेस गर्नुभयो । 

छानबिन र प्रतिवेदन तयारी अवधिमा समितिले ४५१ जनासँग छलफल गरिएको सभापति थापाले जानकारी गराउनुभयो । त्यस्तै, ५५ जना सहकारी सञ्चालकहरूसँग पनि छलफल गरी प्रतिवेदन तयार गरिएको उहाँले जानकारी गराउनुभयो । सो अवधिमा सहयोग गर्नुहुने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । 

सरकारले गत जेठ १५ गते सहकारी संस्था, बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न ७ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।