प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ । सोमबार दिउँसोबाट सुरु हुने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
मोरङको मिक्लाजुङ-१ गुरधुममा जङ्गली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी भएका छन् । आइतबार साँझ जङ्गलबाट ल्याएको विषालु च्याउको तरकारी खाएपछि गङ्गा राईको परिवारका सदस्यहरू बिरामी भएका हुन् ।
कास्कीमा डेङ्गी सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको निस्दी गाउँपालिका–५ स्थित अग्लो झरना ओझेलमा परेको छ । पछिल्लो समय कृत्रिम संरचना निर्माण गरी पर्यटन प्रवर्द्धनको होडबाजी चलिरहेको बेला बाह्रै महिना सुस्साइरहने झरना ओझेलमा परेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्न एक महिनाभित्र आयोग गठन गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
जिल्ला अदालत बाँकेले राप्ती–सोनारी गाउँपालिका–२ का वडा अध्यक्ष ज्ञानेन्द्रराज वलीसहित १० जनालाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा निर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
खासै धान नहुने जिल्ला हो मुस्ताङ । तर यो वर्ष मुस्ताङमा धान पसाउन थालेको छ । शितोष्ण वागवानी विकास केन्द्र मार्फाले यस वर्ष आफ्नो क्षेत्रमा परीक्षणका लागि रोपेको जुम्ली मार्सी धान पसाउन थालेपछि कृषक खुशी देखिएका छन् ।
नेपालबाट भारततर्फ जाँदै गरेका ११ जना बालकलाई इलामको पशुपतिनरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्वदेशी विद्युतीय ऊर्जाको खपत बढाइ वातावरण सन्तुलित बनाउनका लागि सुदूरपश्चिम प्रदेशका छ जिल्लामा चार हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ ।
कर्मचारी सञ्चय कोषले आफ्नो ६३ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । सञ्चय कोषको धनगढी शाखाले खेलकुदसहित एक समारोहको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो ।
जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९९ औं शुभ जन्मोत्सव नेपालगन्ज लगायत बाँके जिल्लामा धुमधामका साथ मनाईंदै छ ।
धारा नेपालगन्ज म्याराथनको १०औं संस्करणलाई उत्सवमय बनाउन ‘दसौंमा दश इभेन्ट’ आयोजना गरिने भएको छ । प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक ‘नेपालगन्ज १० किमी रात्रीदौड’ असोज ३ गते राती आयोजना गरेर ‘दसौंमा दश इभेन्ट’ सुरु हुने धारा नेपालगन्ज म्याराथानका संस्थापक एवम् अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।