विद्यालयमा सञ्चालन हुने शैक्षिक, भौतिक, आर्थिक तथा जनशक्ति परिचालनलगायतका सबै प्रक्रिया विद्यालय सुशासन अन्तर्गत पर्छन् ।
नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।
सरकारले मोहम्मद जयन्ती [मोहम्मद दिवस] को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ ।
नेपालगन्जको नीलसागर सेवाश्रमका लागि संस्थापक अध्यक्ष सरिता खनाललाई दुई लाख रुपियाँ राशिको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार आइतबार प्रदान गरिएको छ ।
संविधान दिवसको अवसर पारी नागरिकस्तरमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।
गायक तथा रङ्गकर्मी स्व. हरिप्रसाद रिमालको शतवार्षिकीमा आयोजित ‘राष्ट्रिय नाटक महोत्सव–२०८१’ राष्ट्रिय नाचघरमा आइतबारबाट सुरु भएको छ ।
लेखक सुधीर शर्माका ‘भिक्षु व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’ र ‘हिमालपारिको हुरी : गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ कृति आइतबार सार्वजनिक गरिएको छ ।
ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्तपछि चलचित्र ‘होस्टेल ३’ को छायाङ्कन थालिएको छ ।
सुन खरिदभन्दा बिक्री गर्न आउनेको सङ्ख्या वृद्धि भएपछि चितवनको सुनचाँदी पसलमा व्यापार खस्किएको छ ।
नेपाल र बङ्गलादेशबिच विद्युत् सम्झौताबारेमा छलफल भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।
गाँजा खेतीको उपयोगिता र अर्थतन्त्रमा दिन सक्ने योगदानलाई मध्यनजर गर्दै सरकारले गाँजा खेती नीति, नियमको मातहतमा वैधानिकता दिनुपर्नेमा सरोकारवालाले बताएका छन् ।
चुच्चेखोला सामुदायिक वनभित्र प्राकृतिक रूपमा धमिराका देवल देख्न कठिन छ ।
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ११ मा रहेको एन.आर. कलेज १८ औं वार्षिकोत्सवमा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।