अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७:२० बजे ईच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो ।
हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिका–६स्थित हिमालपारिको लिमी गाउँ र आसपास क्षेत्र ।
दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
“अमेरिकाका चिकित्सकहरूले एक व्यक्तिमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरे” भन्ने पुरानो समाचार पढ्दै थिएँ एकजना दाइ साहित्यकारको फोन आयो– “भाइ अब त म
कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरी आयोजना गरेको छ ।वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ ।
सिँचाइका लागि निर्माण सम्पन्न भएको हेडवक्र्सबाट नहरमा पानी जोडेर सञ्चालन गर्न किसानले माग गरेका छन् । लहान–१० स्थित खुटी
अरनिको राजमार्ग विस्तारका क्रममा जिल्लाको बनेपा नगरपालिका र धुलिखेल नगर क्षेत्रभित्र पर्ने केही जग्गा अधिग्रहण गर्नुपर्ने भएपछि स्थानीय जग्गाधनीले सरकारी मूल्यभन्दा करिब छ गुणा बढी मूल्य माग गरेका छन् । सडक विस्तारका क्रममा बनेपा नगरपालिका–६, धुलिखेल नगरपालिका–४, बाँसघारी
सर्वोच्च अदालतले विराटनगर–१० (साबिक विराटनगर–१३) स्थित संसारीमाई मन्दिरको जग्गा माईस्थानकै नाममा हुने फैसला सुनाएको छ । सर्वोच्च अदालतको भदौ २४ गतेको फैस
कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेशको अनुगमन तथा नियमन क्षेत्रका ७८ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन ।
चालु आर्थिक वर्षको दुई महिना बजेटबिनै गुजारा चलाएको सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा संशोधित बजेट प्रस्तुत गर्ने भएको छ ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको उच्च सम्भावना रहेकाले यसको विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।
स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । तर अहिले सडक नपुगेको बस्ती नै छैनन् । गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको छ, तर अव्यवस्थित रूपमा निर्माण भएका मोटर बाटोले कयौँलाई उठिबाससमेत लगाएको छ ।
सामान्यतः धान खेती नहुने जिल्लाका रूपमा मुस्ताङले पहिचान बनाए पनि अहिले त्यो पहिचान मेटिने भएको छ अर्थात् मुस्ताङमा पनि धान खेती भएको छ ।
पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो ।