सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गर्नुभएको ‘प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयक मन्त्रिपरिषदमा पेश भइसकेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउनुुभएको छ ।
गोपाल–नीना फाउण्डेसनद्वारा स्थानीय निलसागर सेवा आश्रममा आश्रित ६८ जना बालबालिकाहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बैङ्कलाई कृषकमैत्री बन्न सुझाव दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अपाङ्गता भएका व्यक्तिलाई राज्यले सहयोगी उपलब्ध गराउन आवश्यक रहेको बताउनुभएको छ ।
भीरकोट नगरपालिका–१ का वडा सदस्य खुमबहादुर खाँणका दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमबार राति १२ बजेबाट चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भेरी अस्पतालमा सिकलसेलका बिरामीको जटिल खाले हिप प्रत्यारोपण गरिएको छ । तीन जना सिकलसेलका बिरामीको जटिल प्रकारको हिपको प्रत्यारोपण गरिएको भेरी अस्पतालका हाड जोर्नी तथा नशा एवं मेरुदण्ड रोग विशेषज्ञ डा. तीर्थेन्द्र खड्काको टिमले गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैङ्कका उच्च अधिकारीहरूबिच भेटवार्ता भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको विकासका लागि तथ्य र प्रमाणमा आधारित महत्त्वपूर्ण योजनालाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिनु भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवर्द्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ ।
पाकिस्तानको एक आतङ्कवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका १० जना सांसदलाई सोमबार जमानत दिएको छ।
बेनी नगरपालिका–३ भकिम्लिका लालबहादुर पुनको बारीमा अहिले किवी लटरम्म फलेको छ ।