अफगानिस्तानको तालिबान सरकारले देशभर आठ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको अफगानिस्तानको सरकारी रेडियो तथा टेलिभिजनले सोमबार जनाएका छन् ।
संविधान अनुसार बजेट ल्याउन मिल्दैन भन्दै सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठक अवरुद्ध गरेका प्रतिपक्षले बजेट भाषण हुन थालेपछि बैठक नै बहिस्कार गरेका छन् ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।
आइसिसी यु–१९ महिला क्रिकेट वर्ल्ड कप एसिया क्वालिफायर प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ।
दुई कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको छ ।
संविधान अनुसार बजेट ल्याउन मिल्दैन भन्दै सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठक अवरुद्ध गरिएको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका-७ मर्यादपुर र वडा नं. ४ परसोहियाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।
माल्दिभ्सको मालेमा सोमबार भएको खेलमा पुलिसले श्रीलङ्कका एयर फोर्सलाई ३–० को सोझो सेटमा हरायो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ ।
बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रा जारी राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ४–१ गोलले हरायो ।
यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक सोमबार ५७ दशमलव ०३ अङ्कले घटेको छ ।
यस वर्षको बाढीले कैलालीमा रहेको नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना छुट्टयाउने सीमास्तम्भ बगाएको विषयबारे प्रतिनिधि सभामा कुरा उठेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा आवश्यक चिस्यान केन्द्र नहुँदा यस वर्ष मात्रै रु. ३७ लाख ३१ हजार मूल्य बराबरको खोप नष्ट भएका छन् ।
चीनमा आएको यस वर्षको १३ औं आँधी ‘बेबिन्का’ सोमबार बिहान ७ः३० बजे साङ्घाईमा अवतरण गरेको छ ।
दुई वर्षअघि दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधीको अभाव भएपछि चलेको आन्दोलनपछि हुन लागेको पहिलो आम निर्वाचनमा अनुरा कुमारा दिसानायका र उहाँको जेभीपी भनिने पिपुल्स लिबरेशन फ्रन्टको लोकप्रियता बढेको छ ।