नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निमा गिरीले पदबाट राजीनामा दिनुभएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले आज सोमबार राजीनामा बुझाउनुभएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिनुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडाको टोरन्टोमा असोज ३ र ४ (सेप्टेम्बर १९ र २०) मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
करिब एक वर्षअघि चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको १९औँ एसियाली खेलकुदको करातेमा एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाउनुभएको थियो ।
सरकारले नागरिकतासम्बन्धी समस्याहरूको सम्बोधन गर्न पाँच सदस्यीय कार्यटोली गठन गरेको छ ।
नेपाल एयरलाइन्सले एक वर्षमा सात सय भन्दाबढी क्यान्सरका बिरामीलाई नि:शुल्क हवाई टिकट उपलब्ध गराएको छ ।
छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का निम्ति कथा आह्वान गरिएको छ । काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो ।
संवैधानिक परिषदको बैकठ सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार अपराह्नबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसको भातृसंस्था नेपाल उराँव सङ्घको आयोजनामा सुनसरी सदरमुकाम इनरुवामा उराँवको महान् पर्व करम पूजाको अवसरमा करम पूर्व सन्ध्या कार्यक्रम सम्पन्न भएको छ ।
अधिवेशन अन्त्यका क्रममा बैठकलाई त्यससम्बन्धी जानकारी गराउँदै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रदेशको न्यायोचित प्रतिनिधित्वसहित व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलतालाई सम्बोधन गर्न नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको बताउनुभयो ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले विकास आयोजनाका लागि प्रारम्भमा हुने अध्ययन, अनुसन्धान र परीक्षणलगायतका काममा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
नेपाली भाषालाई भावी पिँढीका लागि उपयोगी बनाउन अहिलेदेखि नै काम गर्नुपर्ने साहित्यिक क्षेत्रका प्रबुद्ध व्यक्तिले जोड दिएका छन् ।
राष्ट्रिय सभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको छ । त्यसमध्ये दुवै सदनबाट पारित भई प्रमाणीकरण समेत भइसकेका विधेयकमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ छन् ।
सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको सि.सं. १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सोमबार सम्पन्न भएको छ ।