• ११ पुस २०८१, बिहिबार

प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

blog

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, भदौ ३१ गते  । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधि सभालाई जानकारी गराउनुभएको छ ।

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै हुनुहुन्छ ।