लेबनानमा भएको ’पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुग्नुभएको छ ।
आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति ओमानसँग प्रतिस्पिर्धा गर्दैछ ।
मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका हुन् ।
राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
दसौँ धारा नेपालगन्ज म्याराथनको प्रिइभेन्टका रूपमा हुन लागेको नेपालगन्ज १० किमी नाइट रनको टिसर्ट सार्वजनिक गरिएको छ ।
शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु भएका मोरङ पथरीशनिश्चरे-१ निवासी वडिविल्डर्स प्रकाश राईको मृत्यु भएको छ ।
लेबनानमा इरान समर्थित लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै २ हजार ८०० जना घाइते भएका छन् ।
काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले बुधबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सामुदायिक विद्यालयमा सुधार हुँदै गएको बताउनुभएको छ ।
यस वर्षको राष्ट्रिय शिक्षा पुरस्कार विद्यालयतर्फ दाङको श्री मावि तुलसीपुर सेन्टरले पाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसरमा प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कार विद्यालयतर्फ दाङको श्री मावि तुलसीपुर सेन्टरले प्राप्त गरेको हो।
जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारीले बुधबार बताउनुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताउनुभएको छ ।
हकवाला पहिचान हुन नसक्दा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क पहिरोमा ज्यान गुमाएका तीन जना र बेपत्ता दुई जनाको परिवारलाई सरकारले अझै राहत रकम प्रदान गर्न सकेको छैन ।
बझाङको सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । बुधबार बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।