सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-६ स्थित महुलीमा बुधबार एक युवक मृत अवस्थामा फेला परेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ ।
यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ अङ्कमा कायम भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताउनुभएको छ ।
सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रेखा शर्माका बुवा दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराम भट्टले शिक्षाको विकासमा सबैको चासो जानुपर्ने बताउनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो भाषा, संस्कृति, रहनसहन र भेषभुषा संरक्षण गर्न आफैँ एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबिच बुधबार छलफल भएको छ ।
समयमा विद्युतको महसुल नतिर्ने ओखलढुङ्गाका ३३ जना ग्राहक कालो सूचीमा परेका छन् । भुक्तानीको लागि पटक-पटक ताकेता गर्दा पनि महसुल नतिरेका ३३ जना ग्राहकलाई नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गाले कालो सूचीमा राखेर बक्यौता असुली प्रक्रिया अघि बढाएको हो ।
विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
नेपाल रग्बी सङ्घको आयोजनामा असोज १८ र १९ गते दशरथ रङ्गशालामा महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफ्री हुने भएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित बेलचौतारामा मोटरेबल पुल निर्माण सुरु भएको छ । देवचुली नगरपालिका –३ र १२ लाई जोड्ने मोटरेबल पुलको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नुभएको हो ।
लेबनानमा भएको ’पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुग्नुभएको छ ।
आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति ओमानसँग प्रतिस्पिर्धा गर्दैछ ।