• ११ असोज २०८१, शुक्रबार

पूर्व सञ्चारमन्त्री शर्मालाई पितृशोक

blog

स्वर्गीय गिरिराज शर्मा । फाइल तस्बिर

काठमाडौँ, असोज २ गते।  पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रेखा शर्माका बुवा दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ। 

केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आउनुभएका शर्मालाई बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो।  उहाँको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ। 

शर्माको पार्थिव शरीर आज साँझ घोराही १८ मसिनास्थित निवासमा पुर्‍याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ।  उहाँको अन्त्येष्टि बिहीबार  बिहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माका ज्वाइँ कृष्णध्वज खड्काले जानकारी दिनुभयो। 

शर्माको वि.सं. १९९७ साल जेठ १५ गते जन्म भएको थियो।  नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौँ कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।  उहाँ निवृत्त शिक्षक पनि हुनुहुन्छ।  

शर्माको वि.सं. १९९७ साल जेठ १५ गते जन्म भएको थियो।  उहाँका चार छोरी र एक छोरा हुनुहुन्छ। उहाँकी श्रीमती पार्वतादेवी पौडेलको २०७७ चैत ९ गते निधन भइसकेको छ।