सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतमा रिक्त रहेका पदका कारण दैनिक सेवा प्रवाहमा असर परेकोप्रति ध्यानाकर्षण गराएको छ।
सिजन मिडियाको आफ्नो १६औँ स्थापना दिवस तथा संविधान दिवसको अवसरमा नेपाल लगायत एशियाका विभिन्न देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई एशियन प्रोफेसन अचिभमेन्ट अवार्ड–२०२४ प्रदान गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले उद्योगधन्दाको विकास बिना रोजगारीको अवसर सिर्जना असम्भव भएको बताउनुभएको छ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन आज साँझ ६ वजे न्युयोर्क प्रस्थान गर्नुभएको छ ।
एक करोड रुपियाँ लगानीमा हेटौँडा उपमहानगरपालिका ६ नं. वडा कार्यालयको भवन बन्ने भएको छ । एक्सिस एशियन कन्स्ट्रक्सन कम्पनी प्रालिले पाँच कोठे एक तल्ले भवन एक करोड रुपियाँमा ठेक्का सम्झौता गरेको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा कार्यरत दिपेन्द्र यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप लागेको छ ।
गोरखापत्रकर्मी सूर्यप्रसाद पाण्डेलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। शिक्षा पत्रकार समाजले स्थापना गरेको उक्त पुरस्कार बुधबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गरिएको हो ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि बाल विवाहको अन्त्य हुन जरुरी भएको वक्ताहरुले बताउनुभएको छ ।कार्यक्रममा सहभागी बक्ताहरुले सामाजिक विकृतिको रुपमा रहेको वाल विवाह नियन्त्रणका लागि मधेश प्रदेशमा विद्यालय तहबाटै कडाइ गर्नुपर्ने बताउनुभयो ।
सिभिल इन्जिनियरिङका विद्यार्थीहरुले नेपाल इको प्यानलमा दिगो भवन समाधानका उपायहरु खोजेका छन् ।
बाँके राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले राप्तीसोनारी गाउँपालिका –२ गोबारपुरमा हात्तीले आक्रमण गर्दा दुईजना स्थानीय घाइते भएका छन् ।
शिरमा ढाकाटोपी, खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूँमा भारी, उमेरले ६० वर्ष पुग्नुभएका राउटे दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी पुगेर दसैँ खर्च माग गर्नुभयो ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।
दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।