गोरखापत्रकर्मी सूर्यप्रसाद पाण्डेलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। शिक्षा पत्रकार समाजले स्थापना गरेको उक्त पुरस्कार बुधबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गरिएको हो ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि बाल विवाहको अन्त्य हुन जरुरी भएको वक्ताहरुले बताउनुभएको छ ।कार्यक्रममा सहभागी बक्ताहरुले सामाजिक विकृतिको रुपमा रहेको वाल विवाह नियन्त्रणका लागि मधेश प्रदेशमा विद्यालय तहबाटै कडाइ गर्नुपर्ने बताउनुभयो ।
सिभिल इन्जिनियरिङका विद्यार्थीहरुले नेपाल इको प्यानलमा दिगो भवन समाधानका उपायहरु खोजेका छन् ।
बाँके राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले राप्तीसोनारी गाउँपालिका –२ गोबारपुरमा हात्तीले आक्रमण गर्दा दुईजना स्थानीय घाइते भएका छन् ।
शिरमा ढाकाटोपी, खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूँमा भारी, उमेरले ६० वर्ष पुग्नुभएका राउटे दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी पुगेर दसैँ खर्च माग गर्नुभयो ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।
दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-६ स्थित महुलीमा बुधबार एक युवक मृत अवस्थामा फेला परेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ ।
यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ अङ्कमा कायम भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताउनुभएको छ ।
सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रेखा शर्माका बुवा दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ।