सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रेखा शर्माका बुवा दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराम भट्टले शिक्षाको विकासमा सबैको चासो जानुपर्ने बताउनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो भाषा, संस्कृति, रहनसहन र भेषभुषा संरक्षण गर्न आफैँ एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबिच बुधबार छलफल भएको छ ।
समयमा विद्युतको महसुल नतिर्ने ओखलढुङ्गाका ३३ जना ग्राहक कालो सूचीमा परेका छन् । भुक्तानीको लागि पटक-पटक ताकेता गर्दा पनि महसुल नतिरेका ३३ जना ग्राहकलाई नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गाले कालो सूचीमा राखेर बक्यौता असुली प्रक्रिया अघि बढाएको हो ।
विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
नेपाल रग्बी सङ्घको आयोजनामा असोज १८ र १९ गते दशरथ रङ्गशालामा महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफ्री हुने भएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित बेलचौतारामा मोटरेबल पुल निर्माण सुरु भएको छ । देवचुली नगरपालिका –३ र १२ लाई जोड्ने मोटरेबल पुलको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नुभएको हो ।
लेबनानमा भएको ’पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुग्नुभएको छ ।
आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति ओमानसँग प्रतिस्पिर्धा गर्दैछ ।
मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका हुन् ।
राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
दसौँ धारा नेपालगन्ज म्याराथनको प्रिइभेन्टका रूपमा हुन लागेको नेपालगन्ज १० किमी नाइट रनको टिसर्ट सार्वजनिक गरिएको छ ।
शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु भएका मोरङ पथरीशनिश्चरे-१ निवासी वडिविल्डर्स प्रकाश राईको मृत्यु भएको छ ।