प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताउनुभएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोलेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताउनुभएको छ ।
चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्त्व बोकेको दहचोकस्थित इन्द्रदहमा स्नान तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको हो ।
कालीकोटको रास्कोट नगरपालिकामा अर्को अस्पताल निर्माणको काम भइरहेको छ । नगर सरकारले अस्पताल निर्माणका लागि बाटो खोलेपछि निर्माणको काम भइरहेको हो ।
बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई देशभित्र आन्तरिक सुरक्षा सुनिश्चित गर्न विस्तारित अधिकार प्रयोग गर्न सक्षम बनाउँछ ।
संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा अर्को अस्पताल निमार्णको काम अन्तिम चरणमा पुगेको छ । नगर सरकारले अर्को अस्पताल निमार्णका लागि बाटो खोलेपछि निमार्ण कार्य अगाडी बढेको हो ।
कैलाली प्रहरीले पाँच लाख ३१ हजार मूल्य बराबरको भन्सार छलीको सामग्री बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट सामानहरू बरामद गरेको हो ।
चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ ।
भारत प्रशासित जम्मू–कश्मीरमा दश वर्षपछि बुधबार विधान सभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ ।
संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन यो दिवस भव्यताका साथ मनाउने गरिन्छ ।
पश्चिम नेपालका विभिन्न जिल्लाहरूबाट रिफर भएका बिरामीहरूको उपचार गर्दै आएको भेरी अस्पतालले यस वर्ष विषालु सर्पले टोकेका १२० जनाभन्दा बढी बिरामीको उपचार गरेको जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रमा जनता र राज्यबिचको सम्बन्ध घनिष्ठ हुनुपर्ने बताउनुभएको छ ।