निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले एनसेल फाउन्डेसन स्थापनाको घोषणा गरेको छ ।
वराहक्षेत्र नगरपालिका–६, ९ र बेलका नगरपालिका–२ र ३ वडाको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टप्पुवासी वर्षा सकिएसँगै सन्तोषको सास फेर्न थालेका छन् ।
नेपाल र क्यानडाबिच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुग्नुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबिच वार्ता हुन लागेको हो ।
काठमाडौँ, असोज २ गते । कीर्तिपुर नगरपालिकास्थित चोभारमा रहेको मञ्जुश्री पार्क । तस्बिरः रासस
तानसेनको गौरवको योजनाका रूपमा अघि बढेको नयाँ बसपार्क निर्माणको काम समयमै नसकिने भएको छ । निर्माण व्यवसायी र नगरपालिकाबिच समन्वय अभाव हुँदा बसपार्क निर्माण समयमै नसकिने निश्चित भएको हो ।
सूर्योदयको दृश्यावलोकनका लागि धनकुटाको साँगुरीगढी गाउँपालिका–५, डाँडाबजारस्थित ध्वजेडाँडालाई इलामको अन्तुसँग तुलना गर्ने गरिन्छ । समुद्र सतहबाट दुई हजार ४७
दाङको लमही–कोइलावास सडक विस्तार गर्दा भौतिक क्षति बेहोर्नुपर्ने भन्दै स्थानीयले घरटहराको समेत मुआब्जा पाउनुपर्ने अडान कायम राखेका छन् ।
मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागु गरेर कार्यान्वयन थालेको लुम्बिनी प्रदेश सरकारको मुख्य घटक नेकपा (एमाले) लुम्बिनीको संसदीय दलले प्रदेश सभा सदस्यलाई पनि आचारसंहिता लागु गरेको छ ।
तीन दशक अघिसम्म जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो ।
स्याङ्जाको वालिङमा रहेको इलाका प्रशासन कार्यालयले राहदानीका लागि फाराम भर्ने प्रक्रिया कार्यालयभित्रबाटै सहज रूपमा गर्न सकिने व्यवस्था गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
नेपालको हवाई क्षेत्रमा ३० वर्ष सेवा निवृत्त हुनुभएका हवाईजहाजका इन्जिनियर ८६ वर्षीय नयनसिंह जन्मेकोे बैतडीको च्वाँगढमा अहिलेसम्म मोटर चल्ने बाटो छैन ।
उपचार गर्न आएका बिरामीलाई एक मिनेटभित्र सेवा दिन गेटमा सिसी क्यामरासहित दोहोरो संवाद गर्ने साइरन जडान गरिएको छ । क्यामराले बिरामी देख्नेबित्तिकै साइरन बजाएपछि स्वास्थ्यकर्मी दगुर्दै गेटमै आइपुग्ने गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
मोरङको केराबारी–१, पाटीगाउँबाट असोज २ गतेदेखि दैनिक यात्रुवाहक बस सञ्चालनमा आउने भएपछि त्यो दिनको पर्खाइमा पात्रो हेरेर बसिरहेका छन् । हालसम्म साना गाडी मात्र गुडिरहेको सडकमा बस गुड्ने भएपछि स्थानीय हर्षित भएका हुन् ।