चाडपर्व नजिकिएसँगै देशभरि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि चर्को रूपमा हुन थालेको छ । तिजको रमझमपछि दसैँ तिहार नजिकिँदै गर्दा बजारमा दाल, चामल, तरकारी, तेललगायतका दैनिक उपभोग्य र खाद्यान्न तथा लुगाकपडाको मूल्य निरन्तर अकासिएको छ ।
दशा बाजा बजाएर आउँदैन भन्ने नेपाली भनाइ छ । अनेक खालका विपत् दशा मात्र होइनन्, महादशा नै भन्नु पर्छ । असोज १२ गते र वरपर नेपालीका निम्ति महादशा नै बनेर आयो । मनसुन सकिने बेलामा घनघोर वर्षाले बाढीपहिरो र डुबान ल्यायो । जनधनको ठुलो क्षति पुग्यो । राजधानी उपत्यकाकै कतिपय वस्ती डुबानमा परे । खोला तथा नदी किनारका अधिकांश जस्तै बस्तीका घर घरमा पानी तथा बाढी पस्यो । ललितपुरका नख्खु क्षेत्रमा बढी नै क्षति भयो । पहिरोले राजमार्ग अवरुद्ध भए ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।
नेपालमा संविधान संशोधनको बहस थप चहकिलो हुँदै गइरहेको छ । वास्तवमा, समतामूलक विकास, राजनीतिक सुचारुपन तथा सामाजिक न्यायका लागि संविधान संशोधन गर्दा कसैले आपत्ति गर्नुपर्ने देखिँदैन ।
टेक बिसीको स्वरमा ‘मुटुमै गाँसेको साइनो’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
नेपालभाषाका गायक सत्यनारायण मानन्धरको एकल साङ्गीतिक साँझ कीर्तिपुरमा सम्पन्न भएको छ ।
भैरव पुरस्कार गुठीले तीन स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । गुठीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सो पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ ।
शाश्वत आचार्य स्मृति प्रतिष्ठानले साहित्यकार किरण आचार्यको उपन्यास कृति ‘अहिल्या’ माथि आइतबार परिचर्चा गरेको छ ।
सिएमआर नेपाल जर्नालिजम एकेडेमीले पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरोले सङ्कट निम्त्याएकाले सबै मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ ।
‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ मूल नाराका साथ सोमबार (आज) ४४ औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधमा झापा बन्दका बेला प्रसाईँका समर्थकको आगजनीमा परेका भारतीय ट्रक चालकको शनिवार राती मृत्यु भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्वलक्षित प्रयोग गर्दै आएका तीन वटा मोबाइल भ्यान बाढी प्रभावित क्षेत्रमा खाद्यवस्तु बिक्री गर्न परिचालन गरेको जनाएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्गभङ्ग वा बिरामी भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन दिन आग्रह गरेको छ ।