काठमाडौँ, असोज २१ गते । भैरव पुरस्कार गुठीले तीन स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । गुठीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सो पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिएको छ । कोषकार चूडामणि गौतमलाई भैरव वाङ्मय पुरस्कार प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही एक लाख ११ हजार १११ रुपियाँ रहेको छ । त्यस्तै लक्ष्मी गिरीलाई भैरव प्रतिभा पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशि ५१ हजार १११ रुपियाँ रहेको छ । गुठीले साहित्यकार
गोपाल बरालको संयोजकत्वमा नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको पुरस्कार चयन समिति गठन गरेको थियो ।