मकवानपुरको भिमफेदी–५ स्थित माथिल्लो सुपिङ्गका किसान कृष्णप्रसाद (द्रोण) पुडासैनीले गर्नुभएको रायोको सागको खेती लोभलाग्दो छ ।
सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।
भगवान् राम वनवासका क्रममा बास बसेको स्थान रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्न सम्भाव्यता अध्ययन थालिएको छ ।
कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । तर अहिले घुमफिर गर्नुलाई उहाँ आफ्नो पेसा र उत्तरदायित्वसँग जोड्नुहुन्छ ।
बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो ।
गोरखापत्र दैनिकमा प्रकाशित बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ अन्तर्गत रानाथारु भाषापृष्ठको लोकार्पण गरिएको छ । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार धर्मपथस्थित संस्थान कार्यकक्षमा आयोजित कार्यक्रममा सो भाषापृष्ठको लोकार्पण गर्नुभएको हो ।
शिक्षकको मृत्यु भएपछि गुल्मीदरबार गाउँपालिकाले शिक्षण संस्थाहरुमा शोक बिदा दिएको छ । गुल्मीदरबार गाउँपालिकाको वडा नम्बर ५ मा रहेको शारदा माध्यमिक विद्यालयमा अध्यापन गराउने स्थायी शिक्षक ३१ वर्षीय गीता खत्रीको असोज २४ गते मृत्यु भएपछि गाउँपालिकाले कात्तिक ५ गते सोमबार सम्पूर्ण शिक्षण संस्थाहरुमा शोक बिदा दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पक्राउ परेको तेस्रो दिन सोमबार दिउँसो १ः३० बजे लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।
व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।
बागलुङको कुडुलेमा शालग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको छ वर्ष पुग्यो । तिरुपति बालाजीधाममा सङ्ग्रह गरेका २४ हजार शालग्रामलाई सङ्ग्रहालयमा राख्ने उद्देश्यले सङ्ग्रहालय बनाएर संरक्षण थालिएको थियो ।
चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न गुल्मीमा कृत्रिम अभ्यास गरिएको छ ।
इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनर्स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गर्नुभएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बरमझियामा आइतबार सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।