सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ ।
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गर्नुभएको छ ।
नेकपा (एमाले)ले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसहितका नेतालाई स्पष्टीकरण सोधेको छ। आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिले अहम भूमिका खेल्ने भएकाले यसको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सूचकांकमा क्रमश सुधार भए पनि सन्तुष्ट हुने अवस्था नभएको भन्दै इमान्दारिताका साथ कामकाज गर्न स्वास्थ्यका कर्मचारीलाई निर्देशन दिनुभएको छ।
बाँकेको जानकी गाउँपालिकाका बासिन्दाले बाँदरको आतङ्कका कारण घर, बाली जोगाउन आपत् परेको गुनासो गरेका छन्।
झापा ११ फुटबल क्लब, भोजपुर फुटबल क्लबलाई ३-० ले हराउँदै बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो ।
पूर्व उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थप तीन दिन हिरासतमा रहनुहुने भएको छ।
नेपालगन्ज सहरसँग जोडिएको बाँकेको डुडुवा गाउँपालिका–६ मा २२० जनाको निःशुल्क आँखा परीक्षण गर्दा ४७ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनका लागि सरकारले सर्वोच्च अदालतमा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङढङ्गे झरना आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा रहेको ढङढङ्गे झरना नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि सुरुवाती कारबाही सुरु भएको बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेले बाँकेको नेपालगन्जमा महोत्सव गर्ने भएको छ ।
भारतको लाइफ केयर क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा जारी बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।